एनएसएल अक्सन : सर्वाधिक मूल्यमा बिक्री भए सन्तोष खत्री

उनलाई ललितपुर सिटी एफसीले सर्वाधिक मूल्यमा किनेको हो ।

काठमाडौ :  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा ६ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ ।
क्याटेगोरी ए मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री सबैभन्दा महँगो रुकम ४ लाखमा सोल्ड भएका हुन् ।

उनलाई ललितपुर सिटी एफसीले सर्वाधिक मूल्यमा किनेको हो । खत्री एनएसएलमा ललितपुरबाट क्याटेगोरी ए को खेलाडीको रुपमा अनुुबन्ध भएका हुन् । उनीसँगै मणि कुमार लामापनि क्याटेगोरी ए का खेलाडीका रुपमा सोल्ड भए । ललितपुरका मार्की प्लेअरका रुपमा अनन्त तामाङ रहेका छन् ।
रिटेन सनिश श्रेष्ठ, आदित्य शाक्य छन् ।

सन्तोषलाई ललितपुर, पोखरा र झापाले ४ लाख रुपैयाँमा बोली लगाएका थिए। क्याटोगोरी एका सन्तोषलाई लिन तीन टोलीले चासो देखाएका थिए। यसअघिकाे एनएसएलमा सन्ताेषले इलामबाट खेलेका थिए ।