सुमन स्मारिकाकाे गजल

गालाकाे रंग अब खुइलिन लाग्याे
सपना फेरि मसँग ठाेकिन लाग्याे ।

सायद उसले छाेएर आउनु भनेकाे छ,
हावा मेराे कम्मरमा बेरिन लाग्याे ।

दिल आधा जलेकाे चुराेट भएकाे छ
आगाे छैन धुँवा मात्रै मडारिन लाग्याे ।

कचहरीकाे मुखिया जस्ताे छ रहर,
पूरा हुनै पर्ने जिद्दीमा अडिन लाग्याे ।

अरूकै  ढाेमामा खस्याे मेराे उज्यालाे,
अरूकाे अध्याराेमा संसार लुटिन लाग्याे ।
सुमन स्मारिका