रामप्रकाश विक,जुम्ला
जुम्लामा हिमपात भएको छ। बिहिबार बिहानबाट हिउँ पर्न थालेको हो। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको प्रर्खाइमा रहेका किसान भने खुसी भएका छन्।
यसपालीको हिउँदको यो पहिलो हिमपात हो। भारी हिमपात भएमा किसानलाई फाइदा हुने भएको छ।
बिहिबार बिहान् ४ बजेदेखि हिउँ पर्न थालेको धर्मसिह भण्डारीले जानकारी दिए ।
माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लागेको थियो भन्ने किसान् चिन्तामा थिए । अब हिउँ परे पछी जौ, गहुँ बाली लगाएका किसान भने यो हिउँले उत्साहित भएका छन्।
साथै स्याउ र ओखरका विरुवा रोप्ने सिजन आएका कारण पनि हिउँले सहज हुने स्थानीयको भनाइ छ। हिउँ पर्न भने अहिले जारी रहेको भण्डारीले जानकारी दिए ।
जुम्ला दर्पण । १८ माघ २०८०, बिहीबार ०८:१५