जुम्ला : जुम्लामा पछिल्लो पाँच वर्षमा साढे ३७ सय जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आ.व.२०७७÷०७८ देखि २०८१÷०८२ को असोज मसान्तसम्म कुल ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका हुन् ।
राहदानी लिने मध्य अधिकतम अनुमानित ९५ प्रतिशत व्यक्ति बैदेशीक रोजगारीका लागि जाने गरेका छन् । भने बाँकी कर्मचारी,उच्च पदस्थ व्यक्तिहरुले बैदेशिक भ्रमणका लागि राहदानी लिने गरेका छन् ।
प्रशासन शाखाका अनुसार चालू आ.व. २०८१÷०८२ को असोज मसान्तसम्म मात्रै ६३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये १५७ महिना र ४७५ पुरूष छन् ।
प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामी मगरले आ.व.२०८०÷०८१ मा ७ सय ८३ जनाले राहदानी बनाएको बताए । उनका अनुसार ती मध्ये १ सय ४२ जना महिला र ६ सय ४१ जना पुरूष छन् ।
आ.व.२०७९÷०८० मा १ हजार ४ सय ५ जनाले राहदानी बनाएका थिए । ती मध्ये राहदानी लिनेको महिलाको संख्या २ सय ४० र पुरूषको संख्या १ हजार १ सय ६५ रहेको छ ।
आ.व.२०७८÷०७९ मा ६ सय जनाले राहदानी लिएको उनले बताए । ती मध्ये महिलाको संख्या २ सय ४६ र पुरूषको संख्या ३ सय ३ सय ५४ रहेको छ । आ.व. २०७७÷०७८ मा ३ सय ३६ जनाले राहदानी लिएको तथ्यांक छ । ती मध्ये १ सय महिला र २ सय ३६ पुरूष रहेका छन् ।
संघियतापछि राेजगारी सिर्जना नहुँदा विदेशिने बढे
संघियतापछि स्थानीयतहले अपेक्षित रुपमा रोजगारी सृजना नगर्दा गाउँ गाउँबाट विदेशिने यूवा यूवतीको संख्या बढ्दै गएको छ । संघियतापछि गाउँमै योग्यता,क्षामता र दक्षतानुसार उपयुक्त रोजगारी पाउने अपेक्षा गरेपनि बैदेशिक रोजगारीमा जाने जुम्ली यूवाको संख्या वर्षेनिक बढ्दै गएको हो ।
आफ्नै गाउँठाउँमा रोजगारीका अवसर नभएपछि ठूलो संख्यामा युवाहरू वर्षेनी पलायन हुन थालेका हुन् । स्थानीय सरकार सञ्चालन भएको साढे ७ वर्षमा पनि सीप क्षमता र योग्यताअनुसार आफ्नै गाउँघरमा उपयुक्त रोजगारी नपाएपछि युवाहरू विदेशिन बाध्य भएका छन् ।
जुम्लाबाट भारत जानेको संख्या उल्लेखीय रुपमा भएपनि त्यसको एकिन तथ्यांक छैन् । तर तेस्रो मुलुकमा रोजगारीका लागि पलायन हुने युवा भने बढेको तथ्यांकले देखाएको छ ।
संघियता कार्यान्वयनमा नआउनु पहिलेसम्म जुम्लाबाट बैदेशिक रोजगारीका लागि राहदानी लिने संख्या निकै न्युन थियो । भने अझ महिलाको संख्या शून्य हुन्थ्यो । तर पछिल्लो वर्षमा बेरोजगारी चुलिदै जानु,स्थानीय सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी नगर्नु,रोजगारी सृजना नगर्नु लगायतका कारणले वैदेशिक रोजगारीप्रति यूवा यूवतीको आर्कषण बढेको तथ्यांकले देखाउँछ ।
देशमा रोजगारीको अवसर नपाएपछि युवाहरू खाडीतिर जान बाध्य भएका हुन् । स्थानीय सरकारले दिने रोजगारी आफ्ना कार्यकर्तामुखी भए पनि विपन्न युवाहरू रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएका छन् ।
हाल कर्णाली प्रदेशको बहुआयामिक गरिबी ३९ प्रतिशत रहेको छ । यदपी एक वर्ष पहिलेसम्म ५२ प्रतिशत बहुआयामिक गरिबी रहेको कर्णालीमा गत वर्षको आर्थिक सर्वेक्षणले कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेको देखाएको थियो ।
राष्ट्यि जनगणनाको तथ्यांकनुसार कर्णाली प्रदेशका ९४ हजार यूवायूवतीहरु रोजगारीका लागि खाडी मुलुकका गएका छन् । कर्णालीमा सम्भावना भएर पनि उपयुक्त रोजगारी सृजना नहुँदा कालापहाड तथा तेस्रो मुलुकमा रोजगारीका लागि भौतारिन कर्णालीका यूवा बाध्य छन् ।
शुभाकर विश्वकर्मा । ४ कार्तिक २०८१, आईतवार १६:०२