गुठीचाैरमा महिला दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता

रामप्रकाश विक,जुम्ला
जुम्लाको गुठिचौर गाँउपालिकाले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मावि विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ। ‘महिलामा लगानिः सभ्य र समुन्नत समाजको थालनि’ भन्ने मूल नाराका साथ आयोजित उक्त वक्तृत्वकला प्रतियोगिता ‘महिला अधिकार’ विषयमा भएको थियो। पालिकाभित्रका माध्यामिक ४वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम खडगदेवि माध्यमिक विद्यालय गुठिचौर–१ मनिसागुकी छात्रा संजिता रोकाया भइन् ।

त्यस्तै द्वितीय सत्यवादि माध्यामिक विद्यालय गुठिचौर–४ वालुकि छात्रा सम्भावना पाण्डे र तृतीय शंकर बहुउद्देशीय माध्यमिक विद्यालय गुठिचौर–३ गज्र्याङ्गकोटकी छात्रा उषा वुढा र त्रिभवन माध्यामिक विद्यालय गुठिचौर–५ झारज्वालाकी छात्रा कल्पना पाण्डे सान्त्वना भएको पालिकाको शिक्षा शाखाप्रमुख सिंगमान रावतले बताए । उनले रिले दौड २५ गते गरिने भएको जनाए ।

रावतले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मात्र नभई सधै महिलाको सक्रिय सभागिता गर्नपर्ने रावतले बताए। महिलाले महिलाको अधिकारको लागी लड्नु पर्नेमा जोड दिए। महिलाको लागी कानुन कागज मात्र नभई व्यवहारमा पनि उर्तान आश्यकता रहेको दावि गरे। समाजमा विकासका लागी महिलाको समान सहभागिता र चेतनाको विकास आवश्यकता रहेको बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो। महिलाको नेतृत्व र बौद्धिक क्षमता विकासका लागि यस प्रकारका प्रतियोगितात्मक कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिँदै जानुपर्ने उलेख गर्दै उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारी)ले समाजमा चेतनाको सन्देश फैलाउनका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहभागी बनाएर अगाडि बढेको बताइन्।

महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर नभई, उनीहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक रहेको बताइन्ता ।  उनले भनिन्, “महिलाको हक अधिकार र अवसरलाई सही सदुपयोग गर्न पनि महिला दिदीबहिनीहरुलाई आग्रह गर्नु भएको हो ।

गाँउपालिका प्रमुख प्रशसकिय अधिकृत धुर्वराज गिरिले नारीहरु आफैमा सबल बन्नु पर्ने बताए ।

नारीहरु आफ्नो अधिकार प्राप्तिका लागि सकृय र सचेत भएर लाग्नु पर्ने उनले बताउनु भएको थियो । वक्तृत्वकला प्रतियोगितामा विद्यार्थिहरुको प्रस्तुति रचनात्मक रहेको बताए । सानो भएपनि कला निकै ठुलो भएको राम्रो भनाई राखेको गिरिले प्रतिक्रिया दिनुभयो। आगामि दिनमा विद्यार्थिको भविष्यमा प्रगति हुदै जाउस भनि शुभकामना दिए । कार्यक्रममा गुठिचौर गाँउपालिका महिला बालवालिका शाखाको आयोजना र पालिका उपाध्यक्ष शान्ति मल्ल(भण्डारि)को अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रम पालिकाको विभिन्न शाखाका कर्मचारि, सहभागि विद्यालयका शिक्षक, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।