जुम्लामा चाडपर्व लक्षित सहुलियत पसल संचालन

बरम राज कामी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा खाद्यान्न बिक्रि सुरु गरेको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय जुम्ला एयरपोटबाट प्रतिकेजी ७ रूपैयाँ छुट गरेर असोज १ गते बाट बिक्रि सुरु गरेको खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय जुम्लाका प्रमुख निर्मल बिष्टले बताए।

शाखा कार्यालय जुम्लामा बास्मती चामल प्रतिकेजी ११५ बाट ७ रुपैयाँ छुट गरेर १०८ मा बिक्रि गिरने, अरुवा मोटो चामल प्रतिकेजी ४८ बाट ७ रूपैयाँ छुट गरेर ४१ मा बिक्रि गरिने र अरुवा मध्यम चामल प्रतिकिलो ५० बाट ७ रुपैयाँ छुट गरेर ४३ मा बिक्रि गरिने भएको छ ।यस्तै मासको दाल प्रतिकिलो १६५ बाट ७ रुपैया छुट गरेर १५८ मा,अलरको दाल प्रतिकिलो १८३ बाट ७ रुपैया छुट गरेर १७६मा बिक्रि गरिने र मसुरोको दाल प्रतिकिलो १६५बाट ७ रुपैया छुट गरेर प्रतिकिलो १५८ रुपैयामा बिक्रि गरिने कार्यलय प्रमुख बिष्टको भनाई छ।

चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ७ रूपैयाँ प्रतिकेजीमा छुट दिएको शाखा प्रमुख बिष्टले बाएका छन । यो मूल्य कार्तिक १५ गते सम्मका लागि कायमै रहने छ । प्रमुख बिष्टका अनुसार खाद्यान्न किन्न आउँदा नाम ठेगना खुल्ने नागरिकताको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने,प्रत्येक परिवारलाई एक पटकमा दुई बोरा भन्दा बढि खाद्यान्न उपलब्ध नगराईने,शाखा कार्यलय जुम्लालाई स्विकृत कोटा १२०० सय क्विन्टल समाप्त भए पश्चात स्वत सहुलियत पसल बन्द गरीने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट शाखा जुम्लाद्धारा संचालित सहुलियत छुट मुल्य पसलको उदघाटन प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले गर्नु भएको थियो। यस्तै उदाटन कार्यक्रमा साहयक प्रमुख जिल्ला अधिकारी प्रमलिा रिजाल, प्रहरी नायब उपरिक्षक (डि एस पी ) नरेन्द्र चन्द लगायतको उपस्थीति रहेको कार्यलय प्रमुख बिष्टले बताए।