पश्चिम नेपालमा भूकम्पको धक्का

जुम्ला : मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।

भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।