जुम्लामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

जुम्ला । जुम्लामा तीन दिने अग्नी नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ। नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालयकाे समन्वय तथा प्राविधिक सहयोग,
स्वीस रेडक्रसकाे आर्थिक सहयोग र चन्दननाथ नगरपालिकाकाे सह लगानीमा रेडक्रस जुम्ला शाखाद्वारा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवर्धन परियोजना अन्तर्गत नगरपालिकाका नगर प्रहरी, जिल्ला स्थित सशस्त्र प्रहरी, नगरपालिका भित्रका विपद् व्यवस्थापन समिति र रेडक्रस जुम्लाका उपशाखाका सभापति लाई अग्नि नियन्त्रण सम्बन्धि तालिम दिएको सुपर परियोजना जुम्लाका परियोजना अधिकृत ईसाेरा सुवेदीले जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुन:स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले फायर फाइटिङ तालिम रेडक्रस संग समन्वय गरेर सञ्चालन  गरिएको चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । वहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको नाेरेसाे विपद् व्यवस्थापन तथा तालिमका संयाेजक तिर्थराज पाण्डेले बताउनुभयो । नगरपालिका लगायत अन्य ठाउँमा हुने विपद्का घटनालाई समाधान गर्नेका लागि सबै निकायको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्ता तालिम गाउँ केन्द्रीकृत गरेर नगरपालिका लागि परेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतकाे भनाइ छ। रेडक्रसले प्रत्यक्ष रुपमा स्थानीय तह संग सहकार्य समन्वय गरेर विपद्लाई राेकथामदेखि राहत र उद्दारमा सहयोग गर्दे आएकाे नेपाल रेडक्रस जुम्लाका सभापति लाेक दर्शन श्रेष्ठले बताउनुभयो । तालिममा नगरपालिकाको दमकलकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाे सहभागी रहेको थियो ।