जुम्ला : महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र जुम्लामा बालमैत्री तथा स्तनपान कक्ष सञ्चालन गरिएकाे छ । शनिबार जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा सेवा केन्द्रमा बालमैत्री तथा स्तनपान कक्ष सञ्चालन गरिएकाे हाे ।
केन्द्रकाे चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले उद्घाटन गरिन् । उनले केन्द्र सञ्चालन भएपछि पीडितहरूलाई सहज हुने बताइन् ।
उनका अनुसार न्याय पहिलो प्राथमिकता हुनुपर्छ । केन्द्र सञ्चालन भएपछि सबैलाई सहज हुने उनकाे भनाइ थियाे ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख छेदिलाल कामतीले कार्यक्रमको उद्देश्य तथा महिला पीडित एवं महिला र बालबालिकाका प्रतिवादी भएका अपराधहरुको विश्लेषणात्मक तथ्यांक प्रस्तुत गरेका थिए ।
भवनमा जिल्ला प्रहरी कार्योलयमा सेवा लिन आउने पीडित, नागरिक तथा उद्धार गरिएका/गर्नु पर्ने महिला, नागरिक, प्रहरी कर्मचारीसहित सबै स्थानीय तहका उपाध्यक्षहरू,जुम्ला जिल्ला अनुसन्धान प्रमुख ज्युको विशेष आतिथ्य र सरोकारवाला सरकारी तथा गैर-सरकारी निकायहरुको प्रमुख/प्रतिनिधिकाे सहभागीता रहेकाे थियाे ।
जुम्ला दर्पण । २२ मंसिर २०८१, शनिबार २२:३९