पातारासीमा अध्यक्षकाे कार्यकक्षमै इन्जिनियरमाथि हातपात

जुम्ला :
जिल्लाकाे पातारासी गाउँपालिकाका ईन्जिनियरमाथि हातपात भएकाे छ । पालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराकाे कार्यकक्षमै प्राविधिक शाखा प्रमुखसमेत रहेका नवीन शाही कुटिएका हुन् ।

पालिकामै इन्जिनियर कुटिएपछि पालिकाका कर्मचारीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै दाेषीमाथि कारबाहीकाे माग गरेका छन् ।
शाहीलाई त्यहाँका स्थानीय युवाहरूकाे समुहले कुटपिट गरेकाे हाे । पातारासी गाउँपालिका वडा नम्बर -६ उर्थुका विष्णु बुढाले हातपात गरेकाे शाहीले बताए ।
विज्ञप्तिमा भनिएकाे छ,`१६ गते दिउँसो ४ बजे पातारासी गाँपालिकाको अध्यक्षको कार्यकक्षमा प्राविधिक शाखा प्रमुखमाथि हातपात भएकाे छ । विभिन्न प्रकृया पुरा नगरी भुक्तानी दिन दबाब दिदै हातपात भएकाे हाे । कर्मचारीको मानमर्दन हुने गरी विभिन्न अपशब्द प्रयोग समेत भएकाे छ ।´

स्थानीयकाे अवराेधका कारण गाउँपालिकामा स्वच्छ कानुन सम्बत कार्यसम्पादन गर्न नसकिने अत्यन्तै भयाभहरू वातावरण सिर्जना भएकोसमेत उल्लेख गरिएकाे छ ।
दाेषीमाथि कानूनी तथा न्यायिक उपचार नहुँदा सम्मका लागि नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने जनाइएकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर रावलसहित १९ जना कर्मचारीहरूले संयुक्तरूपमा दाेषिमाथि कारबाहीकाे माग गरेका हुन् । कारबाही नहुँदासम्म सम्पूर्ण काम कारबाही ठप्प हुने जनाइएकाे छ ।

आफूहरूले न्याय नपाउँदासम्म काम ठप्प हुँदासम्म सार्वजनिक सेवा प्रवहमा पर्न गएको असरप्रति आम पातारासीबासी प्रति क्षमा मागेका छन् ।