जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकामा पहिलोपटक
पालिका स्तरीय स्थानीय शैक्षिक सामग्री प्रदर्शन तथा पढाइ मेला सम्पन्न भएकाे छ । शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा पालिका स्तरीय स्थानीय शैक्षिक सामग्री प्रदर्शन तथा पढाइ मेला सम्पन्न भएकाे छ ।
मेेलामा कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला तेस्राे र कालिका मावि, टोप्ला र हिमाली आधारभूत विद्यालय, बाबिरा सान्त्वना भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए ।
स्थानीय स्रोतमाथि आधारित बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखी पढाइ मेलासुरु भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । गाउँपालिका भित्र २९ सामुदायिक विद्यालय छन् । तिमध्ये २० विद्यालय सहभागी भएका थिए ।
उक्त मेलामा बालबालिकाको नियमित पठनपाठन सुधार, पठनसिप विकास र सृजनात्मक क्षमताको पहिचान गर्न पढाइ मेलामा आएका विद्यार्थी केन्द्रित भएकाछन् ।
शैक्षिक सामग्री निर्माण, यसको प्रयोग र प्रभावका विषयमा विद्यालयहरूले प्रदर्शन गरेकाछन् । विद्यालयहरूले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टलहरू प्रदर्शनीमा राखेकाे उनले बताए ।
सहभागी विद्यालयहरूको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्यांकनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।
छनौट भएका विद्यालयमध्ये शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ । स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासहरूले बालबालिकाको सृजनशीलता र व्यवहारिक सीपलाई विशेष प्रथामिकतामा राखेर पढाइ मेला संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए । मेलाकाे लागि आर्थिक सहयाेग सेभ द चिल्ड्रेन र सहजीकरण किर्डाकले गरेकाे थियाे ।
जुम्ला दर्पण । ४ पुष २०८१, बिहीबार २१:१६