समाजसेवी पन्तद्वारा चिसो छल्न न्यानो कपडा सहयोग 

मुगु : चिसोले कष्टकर जीवन बिताईरहेका मुगुका दलित बस्तीका नागरिक र बिद्यार्थीहरु लाई चिसो छल्न न्यानो कपडा वितरण गरिएको छ ।

काठमाडौं नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शिव कुमार पन्तको सहयोगमा र मुगुका नन्द बहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ्घ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्ती संगै लापुमा रहेको नमुना आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी सामाग्री सहयोग गरिएको हो ।

फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्ती र दुई बिद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । फजुल खर्च नगरीे त्यो पैसा बचत गरेर समाजसेवी शिवकुमार पन्तले मंगलबार मुगुम कार्मारोङ् गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायलमा पुगी १ सय २८ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्ती र लापुमा रहेको नमुना आधारभुत बिद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुुन् ।

काठमाडौं नागार्जुन बस्दै आएका शिव कुमार पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पीडादायक अवस्था र चिसोबाट मुगुका बिद्यार्थीमा पठनपाठनमा समस्या भएको सञ्चारमाध्यमा आए अनुसार त्यसैअनुसार आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा लापु गाउँको दलित बस्तीमा र नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायल, नमुना आधारभुत बिद्यालयमा लापुमा न्यानो कपडा स्टेशनरी साम्रगी सहयोग गरेको बताए । उनका अनुसार आफ्नो प्रमुख नेतृत्वमा अन्य मनकारी साथीहरुले पनी सहयोग गरेका बताए ।

स्व.हजुरबुबा पहलमान पन्तको सम्झना तथा आशीर्वादले विकट दलित बस्तीमा विकट जिल्लाका बिद्यालयहरुमा सहयोग गर्न पाउँदा खुसी छु । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छु ।

यस अघिपनि मुगुको लापु बस्तीमा पनि सहयोग गरेको बताउँदै समाजसेवी पन्तले यो पटक पत्रकार नन्दबहादुर रोकायाको समन्वयमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलमा १ सय २८ जना बिद्यार्थी र नमुना आधारभुत बिद्यालयमा लापुमा ३० जना बिद्यार्थी र लापु गाउँमा ३० घरदुरी लाई कम्बल वितरण गरी सहयोग गरेको बताए ।

यो सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको बताए । अझै विकटमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत पन्तले गरे ।
यसैबीच,आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा कपडा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । जाडोको सिजन सुरु भएको छ । लत्ताकपडा किन्ने पैसा थिएन मनकारी भावना बोकेका शिवप्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गोरा विकले बताए ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलका प्रधानाध्यापक बिकास भामका अनुसार जाडो मौसममा बिहान घाम ढिलो लाग्ने र छिटो जाने गरेका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको थियो न्यानो कपडा प्राप्त संथै चिसो छल्न सहज हुने बताए ।

आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरु चिसो मौसमा समस्यामा थिए अबका दिनमा सहज हुने प्रधानाध्यापक भामले बताए । चिसो मौसमा न्यानो कपडा पाएसंगै चिसो छल्न सहज हुने भन्दै छायल र लापुका विद्यार्थी खुसी भएका छन ।