धार्मिक अगुवा शाहीद्वारा विपन्न वर्गलाई फाइबर सिरक वितरण 

मुगु : धार्मिक अगुवा चेतना मल्ल शाहीले जिल्लाका विपन्न वर्गलाई फाईबर सिरक तथा  नारायण सेवा भोजन उपलब्ध गराएकी छन् ।

बिगत लामो समयदेखि सामाजिक सेवामा लाग्नु भएकी मल्लले  मुगुमा चिसो बढ्दै गएपछि विपन्न वर्गका नागरिकको स्वास्थ्य सुरक्षाका लागि सामग्री सहयाेग गरेकी हुन् ।

जिल्लाको ओमसत्य साइराम भजन केन्द्र मुगुको सहजीकरणमा न्यानो फाइबर सिरक र नारायण सेवा भोजन सहयोग सामग्री उपलब्ध गराइएको हो।

ओम सत्य साइराम काठमाडौंको सहयोगमा मुगु जिल्लाका १ सय ५ जना विपन्न परिवारका नागरिकलाई  न्यानो फाइबर सिरक र नारायण सेवा भोजन उपलब्ध गराइएको समाजसेवी चेतना मल्ल शाहीले बताइन्   ।

विश्व हिन्दु महासंघ, सनातन हिन्दु महासंघकी केन्द्रीय सदस्य र ओम सत्य साइरामकी जिल्ला अध्यक्ष समेत रहेकी शाहीका अनुसार जिल्लामा अत्याधिक चिसो बढेकोले यहाँका विपन्न वर्गलाई चिसो छल्नलाई न्यानो फाइबर सिरक र नारायण सेवा भोजन वितरण गरिएको हो।

उनले भनिन्, ‘चिसो समयमा न्यानो सिरक वितरण गर्दा एकल महिला र जेष्ठ नागरिक र बालबालिकालाई राहत पुगेको छ ।’आर्थिक अवस्थामा कमजोर भएका नागरिक  र एकल महिला तथा ६० वर्षमाथि पुगेका ज्येष्ठ नागरिकलाई न्यानो फाईबर सिरक वितरण गरेको धार्मिक तथा समाजसेवी शाहीले बताएकी छन् ।