जुम्ला : आज श्रीकृष्ण जन्माष्टमी पर्व । जुम्लाको खलंगास्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।

पूजाअर्चनाका लागि मन्दिर अगाडि महिलाहरूको भीड नै लागेकाे छ । यस्तै चन्दननाथ र भैरबनाथ मन्दिरमा समेत बाक्लाे भीड छ ।
भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल प्रहरी र चन्दननाथ नगर प्रहरी परिचालित छन् ।



शुभाकर विश्वकर्मा । १० भाद्र २०८१, सोमबार ०९:५६