तुलराज परियार :`लाेडर बाउ´का `शाखा अधिकृत´ छाेरा

जुम्ला : चन्दननाथ-१ तलिचाैरकाे एक विपन्न परिवारमा जन्मिएका हुन्,तुलराज परियार । ३० वर्षीय उनी तलिचाैर गाउँका पहिलाे सरकारी जागिरे हुन् । सह-लेखापालबाट सरकारी जागिरमा प्रवेश गरेका थिए । उनले भर्खरै प्रशासनतर्फ शाखा अधिकृतमा नाम निकालेका छन् ।

जुम्लामा पछिल्लाे समय  दलित समुदायबाट सरकारी सेवामा प्रवेश गर्नेहरूकाे संख्या छ । कुनैबेला जिल्लाभर सरकारी जागिरे खाेज्नुपर्ने अवस्था थियाे । पछिल्ला वर्षहरूमा भने वर्षेनि विभिन्न तहमा नाम निकाल्नेहरूकाे संख्या बढ्दाे क्रममा छ । त्यसकाे पछिल्लाे उदाहरण बनेका छन्,परियार ।

उनीसहित जुम्लाका चारजनाले एकैपटक शाखा अधिकृतमा नाम निकाले । तिनीहरूमध्ये तुलराज एकमात्र दलित समुदायका हुन् ।  दलित समुदायबाट प्रशासनतर्फ शाखा अधिकृतमा नाम निकाल्ने उनी जुम्ला जिल्लाकै पहिलाे व्यक्ति हुन् ।

बुवा लालबहादुर दमाई र आमा काशीकला दमाईका जेष्ठ सुपुत्र हुन् । निम्न आर्थिक आयस्तर भएकाे परिवारमा जन्मिएका उनी लामाे तपस्या र मेहेनतले याे स्थानसम्म आईपुगेका हुन् ।  आँटे के हुदैन भन्ने उदाहरण पेश गरेका छन् ।

सफलता प्राप्त गर्न संघर्ष जरूरी हुन्छ भन्ने कुराकाे पुष्टि उनकाे जीवनकथाबाट प्राप्त गर्न सकिन्छ । अभावै अभावकाे बीचबाट हुकर्के बढेका उनी बुवाकाे संघर्ष र त्यागबाट प्रेरित छन् ।

भन्छन्,`मेरा बुवाले हिजाे भारी बाेकेकाे देखेकाे छु । हामीलाई पढाउन हुर्काउन उहाँले गरेकाे दुःखकाे साँची हु । आफूले मीठाे नखाएर, राम्राे नलाएर उहाँले हामीलाई पढाउनुभयाे । मेराे प्रेरणाकाे स्राेत नै मेरा बुबा हुन् ।´

उसाे त उनका बुवाले जीवनका उर्जाशील समय नाेकरीमा बिताए । करिब २० वर्ष जुम्ला विमानस्थलमा लाेडरकाे रूपमा काम गरे । यति एयरलान्समा काम गर्थे ।
लालबहादुरकाे त्यहीँ नाेकरी नै घरकाे जिविकाेपार्जनकाे प्रमुख स्राेत थियाे । जसका कारण तुलाराजलाई पढ्न लेख्न खासै समस्या भएन । काेभिडकाे बेला जागिर गयाे । झण्डै बीस वर्ष काम गरेका थिए ।
समस्यै समस्यामा बितेकाे थियाे,बाल्यकाल
परिवारकाे आर्थिक अवस्था नाजुक थियाे । संयुक्त परिवार भएकालेे एकजनाकाे नाेकरीले घरकाे सबै आवश्यकता पुरा हुने अवस्था थिएन । तर, तुलराजका बुवाले आफ्ना तीन छाेराछाेरीलाई विद्यालय भने पढाए । अभावै अभावमा आफनाे बाल्यकाल बितेकाे उनले बताए ।

बुवाकाे जागिरबाट मात्रै घरकाे आवश्यकता पुरा हुने अवस्था थिए । झन आमा बिरामी परिरहनु हुन्थ्याे । त्यसैपनि गाह्राे थियोे । सानैमा विवाहसमेत भयाे । उनले १६ वर्षकाे उमेरमा विवाह गरेका थिए ।
शैक्षिक हिसाबमा तलिचाैर निकै कमजाेर छ । पछिल्लो समय झन शैक्षिक स्तर खस्केकाे छ । त्यतिबेला झन एसएलसी पास गरेका भेटाउन मुस्किल थियाे ।
तर, उनले भने बाेडिङ स्कुलबाट शिक्षा आर्जन गर्ने अवसर पाए । पछि जनयुद्धका कारण स्कुलै बन्द भयाे । कक्षासम्म नवप्रभात प्राविमा पढे । दुई वर्ष भण्डारीबाडामा पढेका उनले
आठदेखि १२ सम्म चन्दननाथ माविमा अध्ययन गरे । मेजर इंग्लिसमा नेपालगन्जस्थित महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातक तह पुरा गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनबाट एनपिए (मास्टर्स) पनि सकाइसकेका छन् ।
पढाइमा औषत, सरकारी सेवामा अब्बल
तुलराज पढाइमा औषत थिए । विद्यालयस्तरमा कहिल्यै फेलपनि भएनन् । प्रथम स्थानपनि हासिल गरेनन् । तुलराज तलिचाैरमा पहिलोपटक एसएलसी पास गर्ने व्यक्ति हुन् ।परियार र कामी थरका मानिसहरूका बाहुल्य रहेकाे तलिचाैर गाउँमा मास्टर्स पास गर्ने एक्लाे उनी नै हुन्  ।

सरकारी सेवाकामा पनि पहिलो हुन् ।जुम्लामा दलित समुदायबाट प्रशासनतर्फ शाखा अधिकृत निकाल्ने पनि पहिलाे नै हुन् उनी ।`घरकाे नाजुक अवस्थाबाट माथि आउन निकै चुनाैती थियाे । पढाइमा भने औषत नै थिए । कहिल्यै फेल पनि भएका छैन् । प्रथमपनि भइन ।´, उनले
उनी २०७२ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । सहलेखापाल पदबाट उनले सरकारी सेवा प्रवेश गरेका हुन् । जुम्लाबाट नाम निकालेका उनकाे हुम्लामा पाेष्टिङ भएकाे थियाे । त्यहाँ करिब पाँच वर्ष बसे ।

२०७८ चैत ११ गतेका दिन उनी लेखापालमा बढुवा भए ।अहिले शाखा अधिकृतमा सिफारिस हुँदा जिल्ला प्रशासन कार्यालय कालीकाेटमा कार्यरत थिए ।

कालीकाेट चार वर्ष बसे ।  अधिकृतमा नाम निकालेपछि उनकाे त्यहाँ भव्य विदाइ गरिएकाे थियाे । शाखा अधिकृतकाे नियुक्ति लिइसकेका छन् । अब सामान्य प्रशासन मन्त्रालय अन्तर्गत छ महिना सेवाकालीन तालिम प्रश्चात शाखा अधिकृतकाे रूपमा सेवामा खटिनेछन् ।

       उनी आफ्नाे निरन्तर सफलतापछिकाे कारण परिवारलाई मान्छन् । उनकाे परिवारले अभावका बीचपनि उनलाई अभाजकाे महशुस हुनै दिएन ।

मेराे बुबाकाे संघर्ष नै आफ्नाे सफलताकाे सुत्रधार भएकाे ठान्छन् । बुवाकाे प्रेरणाले नै आफु याे स्थानसम्म आउन प्रेरित गरेकाे उनले बताए  । उसाे त उनका बा समाजकाे पनि प्रेरणा नै थिए । उनले भने,`विभिन्न कष्ट पार गर्दै सफलता हात लागेकाे हाे ।´,