आफ्नै ‘पालिका गान र लोगो’बनाउँदै तातोपानी गाउँपालिका(सूचनासहित)

जुम्ला: जिल्लाको तातोपानी गाउँपालिकाले पालिका गान र लोगोका लागि एक महिने सूचना जारी गरेको छ । तातोपानी गाउँपालिका गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णय अनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो तयार गरी दरखास्त दिनको लागि सूचना जारी गरिएको हो ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार प्रतिष्पर्धात्मक विधिबाट पालिका गान र लोगो निर्माण गरी प्रयोगमा ल्याउने प्रयोजनार्थ पालिका गान र लोगो निर्माण गर्न इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरिएको हो ।

पालिका गान र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ । अध्यक्ष चौलागाईले छनौट भएका लोगो मध्ये उत्कृष्ट र पालिका गानका लागि पनि संकलन गरिएका रचनाबाट उत्कृष्ट छानेर छनौट गरिनेछ ।

यस्तै डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृत गरिने समेत उनले बताए । लोगो र पालिका गान मौलिक हुनु पर्ने अध्यक्ष चौलागाई जुम्ला दर्पणलाई बताए । गान र लोगो स्विकृति सम्बन्धि सम्पूर्ण अधिकार कार्यपालिकामा रहने उल्लेख गरिएको छ ।

सूचना