हिस्टुन जुम्लाद्धारा सरकारलाई १६ बुँदे ध्यानाकर्षण, प्रजिअलाई बुझाए पत्र (पत्रसहित)

जुम्ला  : माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल जुम्लाले सरकारले माध्यमिक विद्यालयका शिक्षकहरुको विषयमा ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई जुम्ला र प्रमुख जिल्ला अधिकारीलाई १६ बुँदै ध्यानाकर्षण पत्र बुझाउँदै हिस्टुन जुम्लाले राज्यले लामो समयदेखि शिक्षकरुको हक र हितका लागि काम गर्न नसकेको भन्दै विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो । अध्यक्ष जगदिश न्यौपाने र सचिव रन बहादुर रावतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न आन्दोलनको कार्यक्रमसमेत घोषणा गरिएको छ ।

शिक्षकहरुलाई मावि द्धितीय श्रेणीमा एकपटकका लागि उमेरको हद नलाग्ने गरि शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने,प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई समेत आवश्यक दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिष्पर्धाद्धारा स्थायी गरिनुपर्ने र विभिन्न विषयमा सरकारबाट लागू गरिएका निर्देशिका कडाइका साथ लागू गरी अनुगमन गरिनुपर्ने लगायतका दर्जन बढी विषयमा ध्यानाकर्षण गराइएको छ ।

यस्तै विद्यालय शिक्षक युनियन, नेपाल राष्ट्रिय स्तरको टे«ड युनियन अधिकार प्राप्त संघ भएको र संगठनले शिक्षकहरुको पेशागत स्थायीत्व एंव न्यायोचित सेवा, शर्त र सुविधा प्राप्तिका लागि केन्द्र प्रदेश र जिल्ला स्तरमा चरणबद्ध आन्दोलनको घोषणा गरिएको समेत जनाएको छ ।

ध्यानाकर्षण पत्र