जुम्लामा सवारी दुर्घटना सम्बन्धि जनचेतनामूलक कार्यक्रम

जुम्लामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सवारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सवारी साधनहरूलाई सुरक्षित रूपमा सञ्चालन गर्न तथा दुर्घटनाबाट जोगिनका लागि सचेतना अभिवृद्धि गर्न आज सदरमुकाम खलंगा बजारस्थित अटो पार्कमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको प्रमुख उद्देश्य सवारी दुर्घटनाका कारण हुने जनधनको क्षतिलाई न्यूनतममा झार्नु तथा चालक, सहचालक र यात्रुहरूलाई सडक सुरक्षा सम्बन्धी जानकारी दिनु रहेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी सहायक निरीक्षक नन्दबहादुर विष्टका अनुसार कार्यक्रम युवा अधिकार तथा मानव रक्षक सञ्जाल जुम्लाको समन्वयमा जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको हो।

कार्यक्रममा युवा अधिकार तथा मानव रक्षक सञ्जालका अध्यक्ष पारस सुनारले युवाहरूले सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले भने, “देश बनाउने भनेकै युवाले हो, त्यसैले सवारी चलाउँदा पूर्ण रूपमा होशियार हुन आवश्यक छ।”

कार्यक्रममा विभिन्न चालक, सहचालक, यात्रु र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस प्रकारका सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सडक दुर्घटना रोक्न यातायात नियम पालना, नियमित सवारी परीक्षण र गन्तव्यको समयमा सुरक्षित यात्रालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष रूपमा छलफल गरिएको थियो।

कार्यक्रमले जुम्ला जिल्लामा सवारी दुर्घटना न्यून गर्न थप प्रभावकारी उपायहरूको लागि स्थानीय प्रशासन, यातायात व्यवसायी र समुदायलाई एकजुट गराउन प्रयास गरेको आयोजकको भनाइ