अखिल (क्रान्तिकारी) जुम्लाकाे १२औं जिल्ला सम्मेलन हुँदै

जुम्ला : अखिल(क्रान्तिकारी) जुम्ला जिल्लाको १२औं जिल्ला सम्मेलन हुँदैछ । `संविधान कार्यान्वयनका लागि विद्यार्थी आन्दोलन,सुदृढ संगठन निर्माणको लागि १२ औं जिल्ला सम्मेलन ` भन्ने मुल नाराका साथ यहीँ भदाै १२ र १३ गते सम्मेलन हुन लागेकाे हाे ।

सम्मेलन दुईदिनसम्म सिञ्जा गाउँपालिकाकाे नराकोटमा सम्पन्न हुने अखिल (क्रान्तिकारी) जुम्लाले जनाएकाे छ ।

सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंह,केन्द्रीय उपाध्यक्ष अम्मरराज शाही लगायत अन्य केन्द्रीय पदाधिकारी, पार्टी नेताहरुको उपस्थिति रहनेछ ।

१२औँ जिल्ला सम्मेलन प्रचारप्रसार बिभागका अनुसार जिल्लाका आठवटै स्थानीय तहबाट विद्यार्थीहरूकाे सहभागिता रहनेछ ।