जुम्ला : नेकपा एमाले जुम्लाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो । जिल्लामा बसेको पार्टीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पार्टीको उम्मेदवारको रुपमा रतननाथ योगीलाई सिफारिस गरेको हो ।
उनी पूर्व जिल्ला पार्टी सचिव समेत हुन् । तिला गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका योगी पार्टीबाट एकल सिफारिसमा परेका हुन् । यस्तै प्रदेश सभा क का लागि पार्टीका नेता धिरेन्द्र राज गिरी र गगन बुढ्थापालाई सिफारिस गरिएको पार्टीले जनाएको छ । प्रदेश सभा ख का लागि युवा नेता टेकराज पछाईलाई सिफारिस गरिएको विद्यार्थी नेता धर्मेन्द्र केसीले जानकारी दिए ।
जुम्ला दर्पण । २१ भाद्र २०७९, मंगलवार १६:५६