ताताेपानी गाउँपालिकाकाे १६ औं अधिवेशन सम्पन्न

गाउँपालिकाकाे अर्धवार्षिक बजेट खर्च २७.३२ प्रतिशत रहेकाे छ ।

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका गाउँसभाको १६ औं अधिबेशन सम्पन्न  भएकाे छ । अधिवेशनले  आथर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक वित्तीय तथा भौतिक प्रगति अनुमोदन गरेकाे हाे ।

जसअनुसार गाउँपालिकाकाे  पूँजीगत  बजेट खर्च १५.२४ प्रतिशत रहेकाे छ । यस्तै चालु खर्च ३३.१६ रहेकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाकाे समग्र बजेट खर्च २७.३२ प्रतिशत रहेकाे गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए । उनका अनुसार शुक्रबार बसेकाे अधिवेशनले दजर्जनाै कार्यविधि पास गरेकाे छ ।

अधिवेशनबाट गाउँपालिकाकाे घर बिमा सम्बन्धी कार्यविधि-२०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि- २०८१, लोकसेवा आयोगको नि: शुल्क कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि- २०८१ पास भएका छन् ।

यस्तै  अटोरिक्सा सम्बन्धी सञ्चालन तथा व्यवस्थापन ऐन-२०८१, तातोपानी गाउँपालिका व्यवसायिक पंक्षी फर्म तथा ह्याचरी सञ्चालन सम्बन्धी कार्यविधि-२०८१, तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी कार्यविधि- २०८१ रहेका छन् ।

यसैगरी, तातोपानी गाउँपालिकाको नर्सरी सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८१, पोषण मैत्री वडा तथा पालिका घोषणा सम्बन्धी कार्यविधि- २०८१ रहेकाे अध्यक्ष चाैलागाईले बताए ।

ढुङ्गा गिट्टी बालुवा उत्खनन सम्बन्धी मापदण्ड- २०८१, घर नक्सा पास सम्बन्धी कार्यविधि- २०८० (पहिलो संशोधन) तातोपानी धारा सञ्चालन तथा व्यवस्थापन कार्यविधि- २०७९ (पहिलो संशोधन), कन्टीजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि- २०८१ रहेका छन् ।

छाउपडी प्रथा विरुद्धको कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८१,बाल सहभागिता कार्यविधि- २०८१, बालविवाह निरोत्साहित निर्देशिका-२०८१, बालबालिकाहरुमाथि हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाई कार्यविधि- २०८१ र  आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका-२०८१ पारित भएका छन् ।