मुगु । मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकामा ९ वटा वडा रहेका छन् । ती मध्ये एउटा यस्तो वडा छ,जहाँ हिन्दु परम्परा र संस्कृति विद्यामान छ । गाउँपालिकाका अन्य ८ वटा वडामा बौद्ध धर्म अनुसारको संस्कृति र चालचलन छ ।
मुगुमकार्मारोङ गाउँपालिका बौद्ध धर्मावलम्बी बाहुल्य क्षेत्र हो । यद्यपी त्यहाँ दुवै थरीका समुदायमा भाईचाराको सम्बन्ध छ ।
पश्चिम नेपालमा विभिन्न मेला तथा जात्रा लाग्ने गर्दछन् ।
जिल्ला र ठाउँ अनुसार फरक–फरक तर संस्कृति र इतिहास जोडिने ती मेला तथा जात्रामध्ये भैलो निकै लोप उन्मुख मानिन्छ । जो पौष महिनामा धेरै दिनसम्म घर घरमा रातभरी खेलिन्छ ।
कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको चर्चित भैलो खाने प्रचलनसँगै भैलो खेल्ने चलन जोडिएको छ । यसै अवसरमा मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकाभित्रको ‘चिमाथ’ भन्ने गाउँमा यसवर्षको भैलो निकै फरक रह्यो ।
भैलो हेर्न यो पटक छिमेकी छाँयानाथ नगरपालिका तथा अन्य ठाउबाट आउने मान्छेको भीड लाग्यो । वडाका वडाध्यक्ष रतनबहादुर बुढासहित स्थानीय शिक्षक बृर्ष बढुवाल,धनपति बुढा,अम्मर बुढाको अगुवाईमा स्थानीय भैलो ब्यवस्थापन समिति नै बनाएर उठेको पैसाले देउडा लगायत खेलको आयोजना गरियो ।
समितिमा गगनबहादुर बुढा -अध्यक्ष,अम्मर बहादुर बुढा -उपाध्यक्ष ,बम बहादुर बुढा – सचिव,बृष बहादुर बढुवाल -काेषाध्यक्ष र धनपति बुढा,नन्दसिह बुढा तथा मक्क बहादुर बुढा लगायतका सदस्यहरु थिए । यसरी भैलाे कार्यक्रम ब्यवस्थापन गरियकाे थियाे ।
यस अवसरमा यही पौष–१ गते धुमधाम कार्यक्रम गरिएएको थियो । उक्त खेलेको भैलो खाने दिनमा छिमेकी गाउँबाट छोरी चेलीहरु काँधमा र पिठ्यौमा नानी बावु बोकी माइत आउने चलन छ । यस अवसरमा स्थानीय लोपन्मुक्त हरेल नाँच,बाक्टे नाँच प्रदर्शनगरी रमाईलो गरिएको थियो ।
भैलो पुर्खाको चलन भएपनि एक दशक हराएको थियो । त्यसलाई यसबर्ष उजागर गरिएको छ । एक हप्तासम्म लगाएर खेलिएको भैलो आगामी बर्ष निरन्तर हुने स्थानीय शिक्षक बृष बढुवाल बताउँछन् ।
संस्कृति र परम्परा पुस्तौ पुस्तामा हस्तारण हुनुपर्नेमा यसको लोप हुँदैछ । यसका लागि कला सस्कृति जगेर्ना गर्ने ब्यक्ति चाहिन्छ । यसमा सबैको सहयोग चाहिन्छ ।
वडाअध्यक्ष रतनबहादुर बुढाले पनि भैलोको महत्व र सांस्कृतिक पक्ष पश्चिम नेपालका अन्य जिल्लाहरूको भन्दा विशिष्ट रहेको बताए । उनले भने, ‘यो एक पुरानो संस्कृति हो । अहिले यो लोप हुँदै गइरहेको अवस्था छ । हामी यसलाई संरक्षण गर्न लागिपरेका छौँ ।’
कसरी सुरु भयो त भैलो परम्परा ?
स्थानीय इतिहासका जानकारहरूका अनुसार भैलो कहिलेदेखि खेलिएको हो भन्ने तथ्य यकिन छैन । तर सय वर्षअघिदेखिनै यो परम्परा सुरु भएको हुनसक्ने बृध जानकारहरु बताउँछन् ।
भैलोको विषयमा किंवदन्ती अनुसार एक भनाईमा खस राज्य सिन्जामा हुँदा त्यहाँका राजा बलिराजले चलन चलाएको बताउँछन् ।
शास्त्रअनुसार कौरव र पाण्डवको लडाईपछि पाण्डवका भाईले आफ्नो विजयपछि पञ्चदेवल,गुफा,ढुङ्गेधारा बनाउदै भैलो चलन खुसीयालीमा खेन्न सुरु भएको थियो । लडाइँपछि कौरव चीनतिर र पाण्डव भारततिर लागेको ईतिहास शास्त्र अनुसार बुढापाका बताउँछन् । उक्त समयमा पाण्डवले विभिन्न कला कृति र चलन चलाएका थिए ।
सारमा भन्नुपर्दा यी विभिन्न धार्मिक विश्वास र मान्यताका आधारमा आफ्नो भलो होस् भनेर गाउँका सबै मानिस रातमा जाग्राम बस्नु बस्छन् ।
जाग्राम बस्दा रातभर केही नगरी बस्न नसकिने भएकाले जाग्राम बसेका भक्तजनहरूले अब जाग्राम बस्दा कुनै खेल खेलेर बसौँ भन्ने योजना बनाएर भैलो खेल्ने परम्पराको सुरुवात भएको पनि हुन सक्छ । भलो शब्द अपभ्रंश हुँदै भैलोको रूपमा परिणत भएको मानिन्छ ।
भैलेराहरु सभ्य रुपमा भैलो खेल्न र हेर्न उपस्थित हुने गर्छन् । यति भैसकेपछि दौरा सूरुवाल टोपी पगरी पहिरनमा ठाटिएका भैलेराहरु भैलो पुरुषले मात्रै खेल्ने चलन छ । गोलाकार रुपमा एकले अर्काको हात समातेर एकसरो र दोहोरो पाइतोमा खेल्ने गरिन्छ ।
भैलो खेल्दा भैलाका टुक्काहरू भन्ने अर्थात् भट्याउने ८÷१) जना बुढापाका र जानकारहरूको टिम हुन्छ । भैलो भट्याउने र खेल्नेहरूले नेपाली पोसाक दौरा सुरुवाल र टाउकोमा फुर्कोसहितको पगरी बाँध्नुपर्ने पुरानो चलन छ । यद्यपि यो चलन अहिले हराउँदै गएको छ ।
भैलोको टुक्का १ भोट,मानसरोवर,चेप्टु हाँट,तामाखानी,बार्ह करान,दाउरा गाउँ, लुम्स जगत,रोवा गाउँमा हुँदै भैलो डुल्दै गाउँमा पसेको भैलोलाई टुक्काबाटै स्वागत गर्दछन् । आशीर्वादपनि दिने गरिन्छ । यतिमात्रै होइन, भैलाको बिदाइ र अर्को सालको निम्तोपनि दिइन्छ ।
यसबर्ष लामो समयपछि पटक भैलो खेल्ने र खाने परम्परा स्थापित भएको र यसलाई जगेर्ना गर्नु पर्ने स्थानीयहरु बताउँछन् ।
– बलिराज बुढाकाे सहयाेगमा
जुम्ला दर्पण । १४ पुष २०८१, आईतवार ०९:५१