जुम्ला : प्रतिनिधि सभा छिरिङ ल्हामु लामा तामाङले जुम्ला विमानस्थलको स्तरोन्नतीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
सोमबारसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई लिखित रुपमा विमानस्थलको स्तरोन्नती तथा ई टिकल लागू गर्नको लागि माग गरेकी हुन् ।
सांसद तामाङको सचिवालयले मन्त्री किरातीलाई भेटेर जुम्ला विमानस्थलको स्तरोन्नति तथा ई-टिकट लागु गर्नका लागि विशेष अनुरोध गरेको जनाएको छ ।
सांसद तामाङका अनुसार अहिले जुम्ला नेपालगन्ज हवाइ यात्राका लागि ई टिकटको व्यवस्था नहुँदा पहुँचका आधारमा टिकट वितरण हुने गरेको भन्दै सेवाग्राहीले दुःख पाउने गरेका छन् ।
मन्त्री किरातीले पनि समस्या समाधानका लागि तत्काल प्रक्रिया थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जुम्ला दर्पण । ९ माघ २०७९, सोमबार १९:५१