रेशम अनुराग
युवा देशबाहिर जाने क्रम नघट्ने हो भने मुलुकले भविष्यमा ठूलो क्षति बेहोर्नुपर्नेछ । ‘नेपालमा बसेर काम छैन’ भन्ने युवाहरूका लागि स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकार लागिहाल्नुपर्छ ।
नेपालभित्र गरिखाने सम्भावना नदेखेपछि विदेशिने युवाहरूको संख्या तीव्र रूपले बढिरहेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्नेहरूभन्दा पनि विदेश जानुपर्छ भन्ने युवाहरू धेरै भेटिन्छन् । सायद त्यसैले होला, ‘नेपालमा बसेर काम छैन’ भन्ने वाक्य पछिल्लो पुस्ताले थेगोकै रूपमा प्रयोग गर्न थालेको छ ।
राष्ट्रिय युवा नीति–२०७२ अनुसार नेपालमा १६–४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । राष्ट्रिय जनगणना–२०७८ मा नेपालमा युवाको जनसंख्या ४२.५६ प्रतिशत देखिएको छ, जुन २०६८ मा ४०.३५ प्रतिशत थियो । यति ठूलो युवा जनशक्तिले स्वदेशभित्र किन सम्भावना देखिरहेको छैन ? देशको युवा शक्तिलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न नेपाल सरकार किन चुकिरहेको ? यो गम्भीर बहसको विषय हो ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७९–८० मा काम गर्न विदेश जाने नेपालीको संख्या अघिल्लो वर्षका तुलनामा २१ प्रतिशतभन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षमा नयाँ र पुनः श्रम स्वीकृति लिएका गरी अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३ सय २७ जना वैदेशिक रोजगारीमा गएका छन् । भारतबाहेकका देश जानेहरूको संख्या हो यो ।
तथ्यांकमै नसमेटिएका र श्रम स्वीकृति नलिई जानेको संख्या कति होला ? जन्मथलो नेपाल र कर्मथलो विदेश नै सोच्नुपर्ने भुमरीमा किन फसिरहेका छन् नेपाली ? के हाम्रो मुलुक यो स्थितिबाट माथि आउन सक्दैन ? कि यस्तै चलिरहन्छ भनेर राज्य नै लम्पसार पर्न खोजेको हो ? अथवा, राज्यकै मूल शक्ति युवाहरूका इच्छा, चाहना, क्षमता र सम्भावनाहरूलाई राज्यले निमोठ्न खोजेको हो ? युवा पुस्ता यस्तो स्थितिमा रहँदा मुलुकको भविष्य के होला ?
यस्तो उर्वर, हराभरा, प्राकृतिक स्रोतले सम्पन्न मुलुकलाई किन उजाड र मरुभूमितुल्य बनाइँदै छ ? यसको जवाफ समयमा खोजेनौं भने हामी नेपाली कहाँ पुगौंला ? संविधानको धारा ३३(२) मा प्रत्येक नागरिकलाई रोजगारी छनोट गर्न पाउने हक हुनेछ भन्ने व्यवस्था छ । तर, कानुनमा रोजगारीको अधिकार उल्लेख भए पनि त्यसको कार्यान्वयनको पाटो निकै कमजोर छ र यसैले युवा पुस्तालाई निराशातिर धकेलिरहेको छ ।यता पनि कयौं युवा युवती सुरक्षित छैनन हजारौं नेपाली दिदिवहिनि मालिका दास वन्न विवस छन नेपालमा हजारौं सपना चाैविस पच्चिस के जि काे लेगेज मा गुडमुटाएर प्रदेश लागेका युवाहरूले कहिले देश मेराे भनेर सम्झनुकाे साटाे सक्दाेसराप गद्छन ।
मेराे देश के युवा युवती बेच्न बनाएकाे कारखाना हाे ? म मात्र हाेईन तमाम नेपाली युवा युवतिकाे प्रति प्रश्न हाे नेपाल सरकार लाई ।देशममा उत्पादन भएका दक्ष जन शक्ति लाई देशमा खपत गर्ने नीति कहिले वन्छ सरकार ?यस्तो प्रश्न ले दिनहु मन तड्पिरहन्छन प्रदेशि भुमिमा के हाम्रो देश युवा मुखि छैन ? सबल याे मात्र हाेईन युवालाई प्राविधि हस्तान्तरण यस्तै कार्य गरेकाे भयाे देश काे युवायुवती श्रम र।देह काैडिका भाउमा वेचिरहेका छन वेच्न पनि विवश छन
जुम्ला दर्पण । १४ जेष्ठ २०८२, मंगलवार ०९:२२