सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक पारितका लागि पहल समिति गठन​

जुम्ला : सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितका लाग २३ सदस्यीय पहल समिति गठन गरिएको छ। पुर्व सभासद नरेश भण्डारीकाे संयाेजकत्वमा समिति गठन गरिएकाे हाे । पहल समितिकाे सहसंयाेजकमा पुर्व राज्यमन्त्री बलबहादुर महत रहेका छन् ।

पहल समिति नेपाली कांग्रेसका नेता भीमनिधि हमालसहित २३ सदस्यीय छ । समितिले बिधेयक पारितका लागि सम्बद्ध पक्षसँग पहलका चरणबद्ध गतिविधिहरु अगाडी बढाउने संयाेजक भण्डारीले बताए । याे समितिलाई भण्डारीले नयाँ सपना र संकल्पकाे संज्ञा दिएका छन् ।

यस अघि कर्णाली प्रदेश सभामा दर्ता गरे पनि पारित नभई तुहिएको थियाे । अघिल्लो कर्णाली प्रदेश सभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेश सभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले संघीय सरकारसँग पटकपटक पहल गरिरहेका छन् ।

पूर्व सांसद भण्डारीले २०६४ सालमा जुम्लाबाट पहिलो संविधानसभा सदस्य हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक २०६८ मा तत्कालीन समय दर्ता गराएर ऐनमार्फत् कर्णाली प्रतिष्ठानको स्थापना भएको थियो।