जुम्लामा अटो दुर्घटना एककाे निधन दुई जना घाइते

रेशम अनुराग :
जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन।

जुम्ला विमानस्थलदेखि पातारासीको उर्थुतर्फ जाँदै गरेको क१ ह १५ नम्बरको अटो दुर्घटना हुँदा चन्दननाथ नगरपालिका-१० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको डिएसपी प्रह्लाद कार्कीले बताए।

उनका अनुसार पातारासी गाउँँपालिका-३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका–९ का गोविन्द सार्की घाइते भएका छन्।

घाइते दुईजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ।