जुम्ला । संघियतापछि शिक्षा क्षेत्रमा अपेक्षित विकास हुन नसकेको बताएका छन् । जुम्लामा संचालित बृहत्त शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले अपेक्षाकृत रुपमा संघियतापछि शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका हुन् । ‘संघियतापछि शिक्षामा प्रथामिकता की, उपेक्षा’ भन्ने शत्रको बक्ताका रुपमा रहेका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाययले जनताको घरदैलो मानिने स्थानीय सरकारले शिक्षा क्षेत्रमा अपेक्षित काम गर्न नसकेको बताएका हुन् ।
जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका आर्चायले भने,‘जुम्लाका आठ पालिकाले शिक्षा क्षेत्रमा काम गर्न सकेका छैनन् । शिक्षा क्षेत्रको आर्थिक,प्रशासनिक तथा भौतिक विकासमा काम गर्न सकेको छैन् । यदपी केही पालिकाले भने उल्लेखीय काम गरेका छन् ।
अर्का वक्ता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाँईले प्राप्त स्रोत साधनको उचित परिचालन गरेर तातोपानीले शिक्षा क्षेत्रमा देखीने काम गरेको बताए । दरबन्दी मिलान,अर्गानिक दिवा खाजा व्यवस्थापन,शिक्षकको क्षामता विकास तथा अन्य काम गरेको उल्लेख गरे । भने अहिले सिंघिवद्यालय मर्जको काम गरिरहेको उल्लेख गरे ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले संघीयता पछि सामुदायिक विद्यालयको शैक्षिक अबस्था खस्कीदै गएको बताए । कुल बजेटको २० प्रतिशत शिक्षा विनियोजन गर्नुपर्ने व्यवस्था भएपनि बजेट विनियोजन निकै कन्जुसाई गरेको उल्लेख गरे । जुम्लाको सार्वजानिक शिक्षा सुधारका निम्ती केही नयाँ अभ्यास गर्न र स्थानीय सरकारका प्रमुखहरुको ध्यानर्कषण गराउन बृहत्त बहस कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।
पत्रकार नौरते नेपालीले संचालन गरेको उक्त शत्रको अर्को वक्ताका रुपमा रहेका खडानन्द चौलागाँईले अपेक्षानुसार शिक्षा क्षेत्रमा बजेट नभएपनि प्राप्त स्रोतको अधिकतम प्रयोग गर्दै चन्दननाथले काम गरिरहेको उल्लेख गरे । खुल्ला सेसनमा प्रश्न राख्ने प्रश्नकर्ताहरुले सामुदायिक विद्यालयको शिक्षामा चरम राजनीति नभएको,निःशुल्क तथा अनिवार्य शिक्षा नीतिमै सिमित रहेको समेत गुनासो पोखे ।

जुम्ला दर्पण । ३ असार २०८२, मंगलवार २१:४६