सर्वसम्मत भनिएको तरुण दल नेतृत्व चयन विवादित : पाँच अध्यक्षका उम्मेदवारको सामूहिक आपत्ति

नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयन विवादित बनेको छ । सर्वसम्मत भनिएको नयाँ नेतृत्व चयन विवादित बनेको हो । निर्वाचन समितिले केही घण्टा अघि हेम बुढ्थापाको अध्यक्षमा ३० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित घोषणा गरेको थियो । तर,यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पाँच जनाले सामूहिक रुपमा आपत्ती जनाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले नयाँ कार्यसिमिति प्रति आपत्ती जनाएका हुन् ।
उ काँग्रेस पदाधिकारीको बैठकको निर्णय विपरित निर्वाचन समितिले गैरकानुनी रुपमा कार्यसमिति सार्वजनिक गरेको उनीहरुले आरोप लगाएका हुन् ।
यसअघि संजीव रावल,रतन बहादुर शाही,विरेन्द्र शाही,भरत बहादुर शाही र राजेन्द्र श्रेष्ठपनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेसको पदाधिकारी स्तरीय बैठकले अध्यक्ष लगायत अन्य पदका आकांक्षी बीच सहमती जुट्न नसकेकाले निर्वाचन समितिलाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउने निर्देशन दिने निर्णय गरेको थियो । तर निर्वाचन समितिले उक्त निर्णय विपरित नयाँ कार्य समिति चयन गरेको आरोप लागेको हो ।