नेपाल प्रवास एकीकृत युवामञ्चको सूचना तथा सञ्चार विभाग प्रमुख रेशम अनुराग चयन

जुम्ला । नेपाल प्रवास एकीकृत युवामञ्चको सूचना तथा सञ्चार विभाग प्रमुख साथै जुम्ला जिल्ला संयोजकमा जुम्लादर्पणका प्रकाशक अनुराग रेशम चयन भएका छन् । संस्थाले एक विज्ञप्ति जारी गर्दै उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “हाम्रो गरीमामय संस्था नेपाल प्रवास एकीकृत युवामञ्चको सूचना तथा सञ्चार विभाग प्रमुख साथै जुम्ला जिल्ला संयोजकको पदमा चयन हुनु भएकोमा आदरणीय श्री अनुराग रेशम ज्यु लाई संस्थाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । तपाईंको पत्रकारिता अनुभव र प्राप्त सूचनाको माध्यमबाट तयार हुने सामग्री ‘जुम्ला दर्पण’ अनलाइनमार्फत प्रवासमा रहेका हरेक प्रगतिशील साथीहरूको जनमाससम्म पुगोस् भन्ने हाम्रो अपेक्षा छ ।”

हाल युएई अर्थात दुबईमा रोजगारीरत रेशम लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले प्रवासमै बसेर पनि पत्रकारितामार्फत जुम्लाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै आएका छन् ।

संस्थाका पदाधिकारीहरूले रेशमको अनुभव, सक्रियता र पत्रकारिताप्रतिको समर्पणले संस्थाको गतिविधिलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।