जुम्लामा १०औँ सशस्त्र प्रहरी दिवस मनाइयाे

जुम्ला : जुम्लामा १०औँ सशस्त्र प्रहरी दिवस भव्य रूपमा मनाइएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाले १० औँ सशस्त्र प्रहरी दिवस मनाइएकाे छ ।

शनिबार तातोपानी-५ ऐरेनीमा रहेकाे हेडक्वाटर त्रिपुरामा दिवस मनाइएकाे थियाे । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाका एसपी लालबहादुर शाहीले एक भव्य समाराेहका बीच दिवस मनाइएकाे बताए ।

सशस्त्र प्रहरी प्रमुख कर्णाली प्रदेश प्रमुख,डीएसपी,चन्दननाथ नगरपालिकाका उपप्रमुख लगायतका सराेकारवालाकाे उपस्थिति थियाे ।