जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको उपकुलपतिमा डा. रोकायालाई नियुक्त गरेका हुन् । जुम्लाका रोकाया प्रतिष्ठानमा विगत १२ वर्षदेखि कार्यरत थिए । उपकुलपति नियुक्त हुनुअघि अस्पताल निर्देशक रहेका रोकाया हाडजोर्नी विशषेज्ञसमेत हुन् । उनीसँगै डबल बहादुर धामी र डा.सूर्यमान म्यानन्ग्वो छोटो सूचिमा परेका थिए ।
प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्राडा विक्रम प्रसाद श्रेष्ठ,पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री उपकुलपति नियुक्त भएका छन् ।
सरकारले स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए । यही २३ गते अन्तवार्ता भएको थियो ।

जुम्ला दर्पण । २८ श्रावण २०८२, मंगलवार २१:१२