हाँकु गाउँका उपाध्याय दाजुभाई : चारैजना छन् सरकारी जागिरे

खडानन्दले आजीवन भेडा पालन गरे । उनकी श्रीमती सावित्री उपाध्याय त गृहिणी हुन् । उनीहरूबाट ६ जना सन्तान जन्मिए । दुई छोरी र चार छोरा ।  अहिले चारै जना सरकारी जागिरे छन् ।

जुम्ला : जुम्लाको तातोपानी ४ स्थित हाँकु गाउँ । यो गाउँमा दलित र ब्राह्मण समुदायको बसोबास छ । दुवै समुदायका गरेर त्यहाँ १०२ घरधुरी छन् । दलित समुदायको बस्ती छुट्टै छ । ब्राह्मण समुदायको पनि । हाँकु गाउँका खडा नन्द उपाध्याय अहिलेपनि जजमानी गर्छन् । उपाध्याय परिवारको जिविकोपार्जनको स्रोत खेतीपाती नै हो । खडानन्दले आजीवन भेडा पालन गरे । उनकी श्रीमती सावित्री उपाध्याय त गृहिणी हुन् । उनीहरूबाट ६ जना सन्तान जन्मिए । दुई छोरी र चार छोरा ।


अहिले चारै जना सरकारी जागिरे छन् । उपाध्याय परिवारको सरकारी जागिरको पृष्ठभूमि भने हजुरबा पुस्ताबाट सुरू हुन्छ । खडा नन्दका बुबा विष्णु भक्त उपाध्याय नेपाल प्रहरीमा जागिरे थिए । उनी उपाध्याय परिवारका पहिलो सरकारी जागिरे हुन् । खडानन्दका भाइ जयशंकर उपाध्यायपनि सेवा निवृत्त भइसकेका छन् । स्वास्थ्य सेवातर्फ उनी मुखियासम्म भए । खडानन्दका माइला भाई जय प्रसाद उपाध्यायका छोरा ऋषिकेश न्यौपाने सेकेन्ड लेफ्टिनेन्ट मेजर छन् । रामशंकर उपाध्याय डिट्ठा छन् । पुर्ण प्रसाद उपाध्याय छैठो तहका कमर्मचारी छन् ।७० वर्षीय खडानन्दका चारै जना छोरा सरकारी जागिरे छन् ।

जेठा छोरा खगेन्द्र उपाध्यायले २०६२ सालमै सरकारी जागिरमा नाम निकालेका थिए । २०५६ सालमा हिम शिखर मावि एसएलसी जुम्ला बहुमुखी क्याम्पसबाट आइकम उतीर्ण गरेका उनको पहिलो पोष्टिङ जिल्ला विकास समिति कालिकोटमा भएको थियो । उनले कणर्णालीका हुम्ला बाहेक सबै जिल्लामा सेवा गरे ।२०७२ सालमा सुव्वा राजपत्र अनंकित प्रथम बढुवा भएका उनी हाल राजस्व अनुसन्धान कायालय कोहलपुर बाँकेमा कार्यरत छन् ।
उनका माइला भाइ राजेन्द्र उपाध्याय २०६९ वन रक्षक जुम्लाबाट मुगुमा सिफारिस भएका थिए । उनी हाल डोल्पा कारागारमा लेखापाल छन् । अर्का भाइ भानुभक्त उपाध्यायले २०७८ सालमा पाँचौ तह सुब्बामा नाम निकाले । उनी अहिले डोल्पाको मुड्केचुला गाउँपालिकामा कायर्यरत छन् ।कान्छो मुकुन्द उपाध्यायले कृषि अनुसन्धान केन्द्रमा २०७० मा नाम निकालेका हुन् । अहिले गाई फारम चितवनमा दरबन्दी छ । तर विएस्सी एजी पढ्नको भारतमा छन । अध्ययन विदामा रहेको खगेन्द्र बताउँछन् ।

‘मैले आठ वर्ष संघर्ष गरेर सरकारी जागिरमा नाम निकाले । तीनैलाई मेरै प्रेरणाबाट हुर्किए बढे । अहिले सबै सरकारी जागिरे छन् । साइलो बाठो थियो । अरू औषत थिए । ’ उनी भन्छन् ।