तिला गाउँपालिकाकाे देउली पाटनमा चट्याङमा परी सयाै भेडा मरे

जुम्ला : जिल्लाकाे तिला गाउँपालिकामा अवस्थित देउली पाटनमा चट्याङ लागेर सयाै मरेका छन् । मंगलबार दिउँसो १२ बजेकाे समयमा तिला- ६ र ९ काे सिमानामा रहेकाे देउली पाटनमा चट्याङमा परी  करिब सयाै भेडा मरेका हुन् । तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले तिला -७ का ९ जना भेडापालक किसानका भेडाबाख्रा मरेकाे बताए ।

फाइल फाेटाे

तिला-७ पोख्री गाउँका कालीबहादुर रोकाया,बीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा,भीम बहादुर रोकाया, लालसिंह रोकाया, नैने बुढा र राम बहादुर रोकायाका भेडाबाख्रा मरेको अध्यक्ष राेकायाले जानकारी दिए । अध्यक्ष राेकायासमेत भेडा परेका छन् ।

उनका अनुसार चट्याङमा परी गाेठाला गएका वडा नम्बर ७ का ५६ वर्षीय लालसिंह रोकाया घाइते भएका छन् । `भेडा मरेकाे र गाेठाला घाइते भएकाे खबर आएकाे छ । मर्ने भेडाकाे संख्या एकिन हुन सकेकाे छैन । प्रहरी र स्थानीयकाे टाेली जादैछ,´ उनले भने ।

पाटनमा पुग्न करिब १० घण्टा लाग्ने स्थानीयले बताएका छन् । घटनाकाे विस्तृत जानकारी बुधबारसम्म आइपुग्ने अध्यक्ष राेकायाले जुम्ला दर्पणलाई बताए ।