Breaking:तातोपानीमा बौलाह कुकुरको आक्रमण, १४ जना घाइते

जुम्ला — तातोपानी गाउँपालिकामा बौलाह कुकुरले टोकेर १४ जना स्थानीय घाइते भएका छन्। घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तातोपानी–२ डागीबाडाबाट टोकेको कुकुरले तातोपानी–२, ४, ५, ६ हुँदै तातोपानी–३ सम्म पुगेर स्थानीयलाई आक्रमण गरेको थियो। पछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा कुकुर नियन्त्रणमा लिइएको हो।

घाईते हुनेमा तातोपानी गाउँपालिकाका रेन्द्रर के सी,सर्केनी बुढा धने रोकाया मयालु रोकाया सभ्यता हमाल विजकन्या न्यौपाने लटे कामी मेनीका नेपाली सदिक्षा बि क सुदर्शन वि क सरिता कामी मन्नु न्यौपाने संगिता रोकाया गोरे सर्की रहेका छन

कुकुरले टोकेका बिरामीलाई लगाइने खोप जुम्लामा उपलब्ध नभएकाले नेपालगन्जबाट मगाउने तयारी गरिएको छ। उक्त खोप खरिदका लागि आवश्यक आर्थिक सहयोग तातोपानी गाउँपालिकाले गर्ने जनाएको छ।