जुम्लाको पातारासीमा नालामा एक पुरुष मृत फेला

जुम्ला :  जिल्लाको पूर्व क्षेत्र पातारासीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पातारासी गाउँपालिकामा रहेको डिल्ली साना जलविद्युत आयोजनाको नालामा सोमबार दिउँसो १ बजे एक जना मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोही ठाउँका ४७ वर्षीय जोरासिंह बुढा मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।