खुल्ला पुरूष फुटबल : क्वाटरफाइनलका खेल आजदेखि

जुम्ला : वडा दशै तथा दिपावलीकाे अवसरमा सुरू भएकाे खुल्ला पुरूष फुटबल प्रतियोगितामा समूह चरणका खेल सम्पन्न भएका छन् । गिडि दह युवा क्लब तातोपानी -४ काे आयाेजनामा सुरू भएकाे खुल्ला पुरूष फुटबल प्रतियोगितामा समूह चरणका खेल सम्पन्न भएका हुन् ।

आयाेजकका अनुसार आजदेखि क्वाटर फाइनलका खेल सुरू हुनेछन् । प्रतियोगितामा ३३ टिमकाे सहभागी रहेकाे छ । समूह चरणमा विजेता टाेलीले क्वाटर फाइनलमा प्रतिष्पर्धा गनर्नेछन् । त्यसपछि सेमिफाइनलमा चार टाेली पुग्नेछन् । विजेता दुई टाेली फाइनल प्रवेश गर्नेछन् ।

गिडि दह युवा क्लबका अध्यक्ष गणेश जैसीका अनुसार प्रतियोगिता असाेज २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताकाे विजेताले कुल १ लाख १ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछ ।