गायिका सिंहको तीज गीत ‘पापी बारुलो’ सार्वजनिक

कोहलपुर । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । यसै बिच ‘पापि बारुलो’ बोलको तिज गिति सार्वजनिक भएको छ ।


नजिकिँदै गरेको हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा रितु सिंहको शब्द तथा स्वर रहेको छ भने संगित बलु तामाङ्गले दिएका छन । प्रकाश कंडेलको निर्देशन रहेको भिडियोमा रितु सिंह र प्रकाश कडेलले अभिनय गरेका छन् ।

शनिबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै लेखक तथा गायिका रितु सिंह तथा संगितकार बलु तामाङ्गले उक्त तिज गित ‘पापि बारुलो’ बारे जानकारी गराएका हुन् ।

‘पापि बारुलो’ गित सहित गायिका रितु सिंहले ४ वटा गितमा आफ्नो शब्द तथा आवाज दिएकी छन्।
सिंह बाँके जिल्लाकी हुन । उनी नेपालगञ्ज वडा नं. ६ मा बसोबास गर्दै आइरहेकी छन ।

पत्रकार सम्मेलनमा बोल्दै गायिका तथा लेखक सिंहले तिजको मौलिकता माथि प्रश्न उठ्ने खालको ‘पापि बारुलो’ गित नरहेको दाबी गरिन् ।

तानसेन रेकडिङ्ग स्टूडियोले तयार पारेको ‘पापि बारुलो’ गित सगरमाथा इन्टरटेन्मेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको छ ।