तातोपानी गाउँपालिकाको हाँकु स्वास्थ्य चौकी जिल्लाकै पहिलो किशोर–किशोरी मैत्री घोषणा

जुम्ला । तातोपानी गाउँपालिका–४ स्थित हाँकु स्वास्थ्य चौकी जिल्लामै पहिलो किशोर–किशोरी मैत्री स्वास्थ्य चौकीको रूपमा घोषणा गरिएको छ।
२०८२ कार्तिक १४ गते एक औपचारिक कार्यक्रममा उक्त घोषणा गरिएको हो।

नेपाल सरकारको सन् २०७९ को घोषणा पत्रअनुसार तोकिएका मापदण्डहरू पूरा गर्दै लामो मूल्याङ्कन प्रक्रियापछि हाँकु स्वास्थ्य चौकीले आवश्यक सबै सूचकहरू पूरा गरेको छ।
किर्डाक नेपाल तेस्रो परियोजना तातोपानीकी स्वास्थ्य प्रमुख रेजिना शाहीका अनुसार पहिलो मूल्याङ्कनमा ८८.८८ प्रतिशत र दोस्रो मूल्याङ्कनमा ८१.११ प्रतिशत सूचक पूरा गर्दै यो स्वास्थ्य चौकीलाई किशोर–किशोरी मैत्रीका रूपमा घोषणा गरिएको हो।

“८० प्रतिशतभन्दा माथि सूचक पूरा गरेपछि मात्र स्वास्थ्य संस्था किशोर–किशोरी मैत्री घोषणा गर्न पाइन्छ,” शाहीले बताइन्, “हाँकु स्वास्थ्य चौकीले सो मापदण्ड सहजै पूरा गरेको छ, यो हाम्रो जिल्ला र पालिकाका लागि गौरवको विषय हो।”
कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी अधिकृत टीका पुन पनि उपस्थित थिइन्।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले किशोर–किशोरीका समस्या बुझेर स्थानीय सरकार अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भने,

“हामीलाई गर्व छ — जिल्लामै पहिलो किशोर–किशोरी मैत्री स्वास्थ्य चौकी यही तातोपानीबाट सुरु भएको छ। यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।”

र किर्डाक नेपालले यस तातोपानी गाउँपालिकामा शिक्षा ,बाल अधिकार बाल सरक्षण , जलबायु परिवर्तन ,र स्वास्थ्य क्षेत्रमा काम गदै आएकाे छ यसमा महत्त्वपूर्ण सहयाेग गरेकाेमा सेभ द चिल्ड्रेन र किर्डाक नेपाल सहयात्रा तेसाे परियाेजनालाई विशेष धन्यवाद दिन चाहान्छु ।

यसै गरि सबै स्वास्थ्य चौकीहरुमा पनि किशोर किशोरी मैत्री  बनाउनमा पालिकाले पनि सहयाेग गर्ने बताए। यती मात्र भरनभई बाल मैत्रि स्थानिय शासन वडा पालिका घोषणा पनि आफ्नै कार्यकालमा गर्ने बताए।

स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले पालिकाका सबै स्वास्थ्य चौकीहरूलाई पनि क्रमशः किशोर–किशोरी मैत्री बनाउन तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार, “अबका स्वास्थ्य कार्यक्रमहरू किशोर–किशोरीका आवश्यकता र सुझावका आधारमा अघि बढाइनेछ।”

त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले तातोपानी गाउँपालिका जिल्लाकै नमुना र पहिलो पालिका भएको बताउँदै भनिन्,

“किशोर–किशोरीका समस्या समाधानका लागि पालिकाले सबै प्रयास गर्नेछ।”

 

वडा नं.४ का अध्यक्ष अम्मर रोकायाले भने, “अब सबै स्वास्थ्य चौकीहरूलाई किशोर–किशोरी मैत्री बनाउनुपर्छ। उनीहरूका समस्या प्राथमिक रूपमा समाधान गर्नुपर्छ,” भन्दै आगामी योजनामा त्यसलाई प्रमुख लक्ष्यका रूपमा अघि सारे।

संक्षेपमा:
तातोपानी गाउँपालिका–४ हाँकु स्वास्थ्य चौकीको यो घोषणा नभई सिंगो जुम्ला जिल्लाका लागि पनि ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ।