नरेन्द्र सेजुवालकाे माग : षडयन्त्रपूर्वक हराइयाे,फेरि निर्वाचन हाेस्

जुम्ला : अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य नरेन्द्र सेजुवाल ( ज्वाला) ले अखिल (क्रान्तिकारी) जुम्लाकाे नेतृत्वकाे लागि भएकाे निर्वाचनमा षडयन्त्रपूर्वक हराइएकाे आराेप लगाएका छन् ।

यहीँ भाद्र १२ र १३ सम्पन्न १३ औँ जुम्ला जिल्ला ऐतिहासिक सम्मेलनमा जिल्ला अध्यक्षकाे लागि भएकाे निर्वाचनमा आफूलाई निर्वाचन प्रक्रियामा षडयन्त्र पूर्वक,धाधली गरि एक मतले हराइएकाे आराेप लगाएका हुन् ।

छानबिन माग गर्दै अखिल (क्रान्तिकारी) जुम्लालाई लेखिएकाे पत्रमा भनिएकाे छ,` लाेकतान्त्रिक प्रक्रियाका रूपमा रहेकाे निर्वाचनमा मलाई षडयन्त्र पूर्वक हराइयाे । आफूलाई केन्द्रकाे नेता मान्ने साथीहरूले एमाले प्रवेश गरेका व्यक्ति ल्याएर प्रतिनिधि बनाइ निर्वाचनमा भाेट हाल्न लगाउनुभयाे ।´

यतिमात्र नभइ निजलाई संगठनकाे वरिष्ठ उपाध्यक्ष बनाइएकाे उक्त पत्रमा उल्लेख छ । सम्मेलनकाे बन्द सत्रमा सर्वसहमतिमा सन्तोष आचार्यलाई वरिष्ठ उपाध्यक्ष चयन गरिएकाे थियाे ।

उक्त विषय संगठनकाे लागि घातक भएकाे सेजुवालकाे दाबी छ । साे कायर्यप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे जनाउँदै निष्पक्ष रूपमा पुनः मतदानकाे माग गरेका छन् । उक्त विषयमा अखिल (क्रान्तिकारी) जिल्ला, प्रदेश र केन्द्रमा बाेधार्थ रूपमा पठाइएकाे छ ।
जिल्ला अध्यक्षकाे लागि भएकाे मतदानमा मतदान अधिकार प्रतिनिधि ८६ मध्ये ८४ मत खसेकाे थियाे । सात वटा मत बदर भएका थिए । सेजुवालले ३८ मत प्राप्त गरे।

अध्यक्षमा निर्वाचित धर्मराज रावलले ३९ मत ल्याएरका थिए । अन्य पदाधिकारीसहित सदस्यमा सहमति भएकाे थियाे ।