मुगुमा असिना पानीले बालीनाली नष्ट

मुगु :  मुगुमा असिना पानीले बालीनाली नष्ट गरेकाे छ ।
कार्तिक म ६ गते मुगुको नखर्जी लगायत मुगुका उच्च केही स्थानमा आएको असिना पानीले बालानाली नष्ट गरेको गरेकाे हाे । असिनाले सबै धानबाली काेदाेबाली सगै अन्यबालीहरु नष्ठ गरिदिएकाे हो ।

किसानले कार्तिककाे महिना सबैले बाली भित्र्याउन्या बेला आएकाे बेला याे दैबिक प्रकाेपले धेरै ठुलाे क्षेती झेल्नु परेकाे छ ।

खत्याड गाउँपालिका वडा नम्बर ९ स्थित नखर्जी गाउँ लगायत खत्याड गाउँपालिका , छायांनाथ रारा नगरपालिका, सोरु गाउँपालिका , मुगुमा कार्मारोङ गाउँपालिका को माथिल्लो भेगमा असिना पानि आई बालीनाली नष्ट गरेको जनाईएको छ ।

घर भित्र्याउन सबैले खेतमा धान काटेका थिए । असिना पानीले किसानको धानबाली काेदाेबाली सगै अन्यबालीहरु नष्ठ गरिदिइए पछि किसान मर्कामा परेका छ्न ।

असिनाले कहाँ कति क्षति गर्‍यो त्यसको एकिन्न तथ्यांक आएको छैन । तर असिनाले किसानको बर्ष भरिको गरेको मेहनत तहस नहस बनाई दिईएको छ ।

किसानको पिर दुख् बुझ्न सबै सराेकावाला,संघिय सरकार प्रदेश सरकार, स्थानीय सरकारले ध्यानदिनु पर्ने स्थानीयको माग छ ।