जुम्ला । नेपाली काँग्रेस जुम्लाका उम्मेदवार दीपबहादुर शाहीले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काँग्रेसका उम्मेदवार शाहीले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञा पत्रमा शिक्षालाई पहिलो प्राथमिकता दिइएको छ । कूल चार वटा बुँदा समेट्दै शाहीले कर्णाली प्राविधिक शिक्षालयलाई ‘प्राविधिक विश्वविद्यालय’ बनाउन पहल गर्ने प्रतिज्ञा गरेका छन् ।

सिञ्जा बहुमुखी क्याम्पसको स्तरोन्नति र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडिबुटी अनुसन्धान केन्द्र स्थानपना गर्ने उनको भनाइ छ । स्वास्थ्यलाई दोस्रो प्राथमिकता दिएका उनले ‘स्वस्थ जुम्लावासी र समुन्नत जुम्ला’ कार्यक्रममार्फत नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । अति विपन्न लक्षित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।
विभिन्न सडकहरुको स्तरोन्नति, जुम्ला सुर्खेत सुरुङमार्गको डीपीआर गर्ने,१० मेघावाट हिमा जलविद्युत परियोजना सञ्चालन,एक घर एक धारा र जुम्लामा रहेका खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्ने उनको प्रतिबद्धता रहेको छ । कषि र जडिबुटीका माध्यमबाट जुम्लालाई आत्मनिर्भर बनाउने उनको धोको रहेको छ । स्याउ विकास बोर्डलाई प्राथमिकता, जडिबुटी प्रशोधन उद्योग सञ्चालनका साथै जुम्लाको पर्यटन र संस्कृतिको विकास आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।
यस्तो छ, प्रतिज्ञापत्रको पूर्णपाठ



जुम्ला दर्पण । ५ फाल्गुन २०८२, मंगलवार १६:२५