जुम्ला :रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कर्णाली भ्रमण स्थगीत भएको छ । चुनावी यात्राको क्रममा सुदूरपश्चिम यात्राको क्रममा रहेका बालेनको टोली एक्कासी काठमाडौँ फर्किएको छ । बालेनसहितको टोली अभियानका क्रममा अछाम पुगेको थियो । तर शुक्रबार विहान बालेनको टोलीका सदस्य दिनेश निरौला बिरामी भएपछि उनको टोली सबै कार्यक्रम स्थगीत गरेर काठमाडौँ फर्किएको हो ।

रास्वपा जुम्लाकी उम्मेदवार विनिता कठायतले बालेन शाहको जुम्ला भ्रमण स्थगीत भएको पुष्टि गरिन्,‘ कालीकोट हुँदै जुम्ला आउने कार्यक्रम थियो । तर उहाँको टिमका सदस्य बिरामी परेपछि उहाँहरु काठमाडौँ फर्किनु भएको छ ’उनले भनिन् । कठायतले बालेन शाह उपयुक्त समय मिलाएर चुनावी अभियानका क्रममा कर्णालीका जिल्ला आउने जानकारी दिइन् । केही समयपछि बालेन हवाई मार्ग हुँदै चुनावी अभियानका क्रममा जुम्ला,डोल्पा र हुम्ला लगायतका जिल्लामा जानेछन् ।

जुम्ला दर्पण । १७ माघ २०८२, शुक्रबार १६:२२