प्रकाश वि.क
जुम्ला । सर्लाहीकाे अन्तरजातीय प्रेम बिवाह गरेका जाेडीलाई छुटाउन दलित यूवा माथि गृहमन्त्री रमेश लेखकले गरेकाे अत्याचार विरु जुम्लामा राँके जुलुस निकालिएकाे छ।
दलित यूवा (दुलाह) माथि गृहमन्त्री लेखकले शक्ति र सत्ताकाे आडमा अत्याचार गरेकाे,प्रेम बिवाह गरेका जाेडीलाई ‘मष्ट वान्टेन्ड’ जस्ताे गरि भारतकाे बम्बै सम्म प्रहरी पठाएर पक्राउ गर्न लगाएकाे र अनुसन्धानका नाममा गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएकाे कुरा बाहिरएपछि देशभर गृमन्त्रीकाे विराेध भईरहेकाे छ ।
साेही क्रममा विहिबार साँझ जुम्लाका दलित यूवाहरुले गृहमन्त्रीले राजिनामा दिनु पर्ने माग राख्दै जुम्लाकाे कृष्ण मन्दिरहुदैँ जिल्ला प्रशासन कार्यालय सम्म राँके जुलुस निकालेकाे दलित यूवा बिवेन्द्र नेपालीले बताए । उनका अनुसार शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाईने छ ।
अन्तरजातीय प्रेम विवाहमा गृहमन्त्रीकाे अत्याचारकाे विषयले विहिबारकाे प्रतिनिधि सभा बैठकमा प्रबेश पायाे । बैठकमा धेरै सांसदले गृहमन्त्रीसंग जवाफ मागे । तर गृहमन्त्रीले दिएकाे जवाफ चित्त बुझ्दाे र न्यायीक नभएकाे भन्दै विराेधमा राजिनामा माग्दै जुम्लामा राँके जुलुस प्रर्दशन गरिएकाे दलित यूवाले बताएका छन ।
तत्काल सरकारले लेखकलाई छानबिन गरि कार्वाही गर्नुपर्ने,गृहमन्त्रीबाट हटाइ अनुसन्धान गर्नुपर्ने देशभरबाट चर्काे माग भईरहेकाे छ ।
जुम्ला दर्पण । २५ माघ २०८१, शुक्रबार १५:४२