जुम्लाका विजय रावत बने रासस उत्कृष्ट समाचारदाता

राससकर्मी विजय रावतलाई उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशिको पुरस्कार प्रदान गरेको छ ।

जुम्ला  राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्वसका अवसरमा जुम्लाबाट राससकर्मी विजय रावतलाई उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशिको पुरस्कार प्रदान गरेको छ ।


२०७५ सालबाट जिल्लामा बसेर सक्रिय राससमा कार्यरत रावतलाई राससको वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले रावतलाई उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार प्रदान गरेका हुन् ।
जुम्लाको सबैभन्दा पहिलो स्थानीय पत्रिका कर्णाली सरोकार दैनिकबाट पत्रकारिता सुरु गरेका रावत नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स र रासस जुम्ला समाचादातामा कार्यरत छन् । रासस यस अघिको ६० औं वार्षिकोत्वसमा २०७७ सालको सर्वोत्कृष्ट आलेखको समेत रावत पुरस्कृत भएका थियो । रावत हाल नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाकार र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत हुन् ।


रावत लगायत उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशिको पुरस्कार कृष्णराम परियार (हेटौँडा),र रञ्जिता अधिकारी (दाङ) लगायत रासस विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार र स्थानीय समाचारदातासहित ११ जनालाई राससले आफ्नो वार्षिकोत्वसको अवसरमा पुरस्कार र सम्मान प्रदान गरेको हो ।