नरेश भण्डारीकाे १२बुँदे `जुम्ला समृद्धिकाे संकल्प पत्र´(पूर्णपाठसहित)

जुम्ला :  नेपाली कम्युनिस्ट पार्टी जुम्लाका उम्मेदवार नरेश भण्डारीले १२ बँदे `जुम्ला समृद्धिकाे संकल्प पत्र´ सार्वजनिक गरेका छन् । समृद्ध जुम्ला- सुरक्षित भविष्यलाई मुख्य  संकल्प बनाइएकाे छ ।


संकल्प पत्रकाे सुरूमै भनिएकाे छ,`जुम्ला केवल एउटा जिल्लाको नाम होइन- यो नेपाली भाषा, सभ्यता, संस्कृति, रैथाने कृषि उत्पादन, पर्यटन र हिमाली जीवनशैलीको अमूल्य धरोहर हो। कर्णाली प्रदेशको मुटुमा अवस्थित जुम्ला हिमाली स्वाभिमान, इतिहास र पहिचानको जीवित प्रतीक हो ।जुम्लालाई मातृ तथा दातृ जिल्लाका रूपमा स्थापित गर्ने ऐतिहासिक जिम्मेवारीका साथ यो संकल्पपत्र सार्वजनिक गरिएको उल्लेख गरिएकाे छ ।
संकल्प पत्रमा पहिलाे प्राथमिकता `नीति, कानुन तथा संरचना निर्माण´लाई दिइएकाे छ । जुम्ला र कर्णालीमैत्री कानुन, नीति र संरचना निर्माण गर्दै संसदमार्फत अधिकार स्थापित गरिनेछ । मानव विकास सूचकांक, भूगोल, जनसंख्या र पूर्वाधार विकासका आधारमा समतामुखी बजेट विनियोजन गर्न पहल गरिने उल्लेख छ ।
संकल्प पत्रमा `खस-सिन्जा सभ्यताको संरक्षण´ अन्तर्गत सिन्जा सभ्यता विधेयक पारित गरी जुम्लाको भाषा, संस्कृति, परम्परा र ऐतिहासिक गौरवको संरक्षण तथा प्रवर्द्धन गरिने र  जुम्लालाई सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने बहस अघि बढाइने उनले बताएका छन् ।
तेस्राे प्राथमिकतामा आधुनिक र दिगो पूर्वाधार विकास गरिने उल्लेख गरिएकाे बुँदामा कर्णाली पूर्वाधार विशेष दशक घोषणा गर्न पहल गरिने,अन्तरदेशीय तथा अन्तरजिल्ला जोड्ने सडकहरू- सुर्खेत-जुम्ला, नाग्म गमगढी नाक्चेनाङ्ला, जुम्ला-डोल्पा-मनाङ मुस्ताङ, कोइरेली-ओदी-रिखीदेउ कालिकोट सुर्खेत-दैलेख माहबु जुम्ला रारा, कुडारी-टोप्ला जाजरकोट, जुम्ला बजार-कनकासुन्दरी-आर्यकाडा-मुगु, लुम-धानचौरी-मुन्दु-कोटिला-मुगु सडक निर्माण तथा स्तरोन्नति र जुम्ला-जाजरकोट सुरुङमार्ग निर्माणका लागि पहल गरिने संकल्प गरिएकाे छ ।
आत्मनिर्भर अर्थतन्त्र,स्वास्थ्यमा क्रान्ति,शिक्षा र जनशक्ति विकास र ऊर्जा र सिँचाइ रहेकाे छ । यसैगरी पर्यटन तथा सांस्कृतिक सर्किटका रूपमा कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ, डुडुलचैत्य, पातारासी हिमाल, गिडिदह, ठाकुरज्यू, नदै डाब, नदैगुफा लगायतका क्षेत्रहरूको पर्यटन गुरुयोजना निर्माण तथा कार्यान्वयन ,भाषिक, धार्मिक-सांस्कृतिक पर्यटन सर्किट विकास र हाई-अल्टिच्युड ट्रेनिङ सेन्टर पूर्ण सञ्चालनका साथै गुठीचौर बहुउद्देश्यीय परियोजना निर्माण गरिने जनाइएकाे छ।
डिजिटल र सञ्चार पहुँच र युवा, खेलकुद, रोजगारी र उद्यमशीलताका साथै  महिला, दलित र पिछडिएका समुदाय र सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएकाे छ ।

हेर्नुस्,संकल्पपत्रकाे पूर्णपाठ