जुम्ला ः प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले आफ्नै गृह जिल्ला जुम्ला सांसद ज्ञानेन्द्र शाहीलाई सस्तो लोकप्रियताको खेलमा नलाग्न सामाजिक सञ्जालमार्फत चेतावनी दिएकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद सेजुवालले सांसद शाहीको नामै उल्लेख गरेर सस्तो लोकप्रियताका लागि सांसद जस्तो व्यक्तिले असान्दर्भिक विषयवस्तु सामजिक सन्जालमा पोष्टाउने भन्दै आक्रोस व्यक्ति गरेकी छन् ।
आइतबार विहान मात्रै हाल अमेरिकामा रहेका शाहीले विपीन जोशीको रिहाईको लागि सरकारले कुटनीतिक पहल गर्न नसकेको भन्दै परारष्ट्र मन्त्री आरजु राणाको राजीनामा मागेका थिए । शाहीको नामै उल्लेख गर्दै उनले भनेकी छन्,‘ हाम्रो समाज कता जादैछ । धेरै समय देखि सामाजिक सञ्जाल नियाल्दै हेर्दै मनन् गर्दै आज पहिलो चोटि केहि लेख्न बाध्य भए ।सस्तो लोकप्रियताका लागि सांसद जस्तो व्यक्तिले असान्दर्भिक विषयवस्तु सामजिक सञ्जालमा पोष्टाउने र नेपाल सरकारका परारष्ट्रमन्त्री लाई गालि बेइज्जती गराई साईबर कानुनको ठाडो उल्लङ्घन गर्ने सांसद जस्तो व्यक्तिको नैतिकता यहि हो ?
साथै राजीनामा माग्ने भन्दै सांसद सेजुवालले राजीनामा समेत माग्ने, के कारण राजीनामा दिने मन्त्री भएको पहिलो दिनदेखि विपिनको पक्षमा आवाज मात्र नभएर कुटनीतिक पहल समेत भैरहेको अवगत छ त ? यस्तो कुरा थाहा हुँदाहुँदै सस्तो लोकप्रियताका पछि नलाग्न उनले ज्ञानेन्द्र शाहीलाई अपील गरेकी हुन् । ‘तपाईका पोष्टको कमेन्ट एकटोटि हेर्नुस कति अस्लिल कति हिंस्रक छ । तुल्सिराम मरासिनी भन्ने व्यक्तिले महिलाको अस्मितामाथि ठाडो प्रहार गरेका छ । उक्त व्यक्तिलाई कार्वाहिको समेत नेपाल प्रहरी साइबर ब्युरो लाई जोडदार माग गर्दछु ।’

जुम्ला दर्पण । १ भाद्र २०८२, आईतवार १३:२६