जुम्ला : जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकूद सामग्री प्रदान गरिएको छ । नजिकिदै गरेका महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदीबन्दीहरुलाई खेलकुल सामग्री वितरण गरिएको हो ।
कार्यालय प्रमुख बरमबहादुर महतका अनुसार कैदीबन्दीहरुलाई सामग्री वितरण गरिएको छ । महतले उनीहरुलाई भलिबल, सिटी र खुट्टे पम्प लगायतका सामग्री सहयोग गरिएको बताए । उक्त सामग्री जिल्ला कारागार जुम्लाका कार्यालय प्रमुख विष्णुबहादुर महतलाई हस्तान्त्रण गरिएको उनको भनाइ छ ।
यस्तै उनले कारागारमा शौचालयको समस्या रहेको समेत बताउँदै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको समेत बताए । जुम्ला कारागारका प्रमुख महतले खेलकुद विकास समितिको सहयोगले कैदीबन्दीहरुलाई राहत हुने बताएका छन् । कारागारमा विभिन्न समस्या रहेको भन्दै व्यवस्थापनका लागि सरोकारवाला पक्षहरुलाई आग्रह गरिएको समेत जुम्लादर्पणलाई बताए ।
जुम्ला दर्पण । १३ आश्विन २०७९, बिहीबार १५:०२