जुम्लामा छैन डायलासिस’ सेवा,बिरामी अकालमा ज्यान गुमाउनुपर्ने अवस्था

जुम्ला :  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा नहुदाँ बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।

सेवा उद्घाटन भएकाे एक वषर्ष बितिसक्दासमेत  प्रतिष्ठानले सेवा सुचारू गर्न तदारुकता देखाएकाे छैन । प्रतिष्ठानकाे लापरबाहीका कारण एक जना बिरामीले ज्यानै गुमाउनु परेकाे छ ।
प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नभएकै कारण समयमै बाहिर लिन नसक्दा डोल्पा मुड्केचुलाका गाउँपालिका वडा नं.७ निवासी ४० वर्षीय धर्म विककाे प्रतिष्ठानमै मुत्यु भएको छ ।
एक्कासी शरीर नचलेपछि धर्मलाई पुस २४ गते उपचारका लागि जुम्ला पुर्याईएकाे थियाे । केहिदिन उपचारपछि तत्काल उनलाई थप उपचार (डायलासिस) गर्नु पर्ने डाक्टरले सल्लाह दिए । तर, उनकाे निधन भएकाे छ ।

सेवा उद्घाटन भएको एक वर्ष बढी समय बितिसक्दा पनि डायलासिस सेवा संचालनमा आउन सकेको छैन् । तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले सेवाकाे उद्घाटन गरेका थिए । बस्नेतले  २०८० साल भदौ १४ गतेका दिन डायलासिस सेवा सुरु गरेका हुन् ।

त्यतिबेला सेवा सञ्चालनका लागि नेपाल सरकारले ६ वटा उपकरण उपलब्ध गराएकाे थियाे । सेवा सुरू नहुँदा उपकरण थन्कीएका छन् । बिरामीले सास्ती पाएपनि प्रतिष्ठान भने उदासिन देखिएकाे छ ।

जुम्लामा डायलासिस सेवा शुभारम्भ संगै मृगौला सम्बन्धी बिरामीले डायलासिस सेवाका लागि काठ्मान्डाैँ,नेपालगन्ज धाएर महंगो खर्च गर्नु नपर्ने भन्दै खुसीयाली छाएकाे थियाे। तर डायलासिस उद्घाटनकाे एक वर्ष ४ महिना पुग्दा समेत सेवा सुरु नहुँदा नागरिकले सास्ती पाएका छन् ।

प्रतिष्ठानकै चिकित्सकका अनुसार वर्षमा २०/२५ जना डायलासिसका बिरामी जिल्लाबाहिर पठाउने गरिएकाे छ । तर प्रतिष्ठानमा डायलासिस उपकरण थन्कीएका छन् ।
डायलासिस सेवा संचालनमा नआउँदा एउटा नमिठो घटना घटेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डायलासिस सेवा  संचालनमा ल्याउने तयारी गरेकाे छ । पुरानाे मेसिनले काम नगरेपछि नयाँ मेसिन ल्याएर डायलासिस सेवा संचालनकाे तयारी भईरहेकाे प्रतिष्ठानले जनाएकाे हाे ।

डायलासिस सेवा शुभारम्भ गर्दा संघिय सरकारले ६ मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएकाे छ । जसमध्य महत्वपूर्ण उपकरण हाे (आराे) मेसिन । आराे मेसिनले डायलासिसका लागि (डिस्टीलरी वाटर) शुद्द पानी निकाल्छ ।

तर पुरानाे आराे मेसिनले निकालेकाे पानी गुणस्तरीय नभएपछि डायलासिस सेवा राेकिएकाे प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन राेकायाले बताए ।

प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले पुरानाे आराे मेसिनले २/३ पटक परिक्षण गर्दा पनि नतिजा राम्राे आउँदा सेवा संचालन हुन नसकेकाे बताए। ।

केही सेवाहरु प्रक्रियाहरुकै कारण ढिलाई हुन पुगेपनि प्रभावकारी सेवा प्रवाहमा प्रतिष्ठान गम्भीर रहेकाे रजिष्टार महतकाे भनाई छ ।