जुम्लाको पातारासी गाउँपालिकामा लुकिछिपी संकलन गरेको तीन सय किलो काँचो स्याउ बरामद

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकामा लुकिछिपी संकलन गरेको ३०० किलो ग्राम काँचो स्याउ बरामद गरिएको छ । पातारासी गाउँपालिका वडा नं ६ स्थित उर्थु प्रहरी चौकीले निर्यात हुन लागेको झण्डै तीन क्वीईन्टल काचो स्याउ जफत गरेको हो ।
पातारासी गाउँपालिका वडा नं ४ का भोटगाउ कृर्षक मक्क बहादुर रोकायाको बगैचाबाट व्यापारी हरिस प्रसाद देवकोटाले काँचो स्याउ संकलन गरेको पाईएको छ । व्यापारी देवकेटाले पातारासी वडा नं ४ बाट असार पाक्ने स्याउ भनि लिएको अबस्थामा उर्थु प्रहरीले जाँच गर्दा भदौमा पाक्ने काँचो स्याउ भेटिएछि नियन्त्रणमा लिएर पालिकालाई बुझाएको हो ।
उर्थु प्रहरी चौकीले नियन्त्रणमा गरेको स्याउ पातारासी गाउँपालिकाको जिम्मा लगाएको छ ।
आठौँ जिल्ला सभाले समेत भदौ १५ गते भन्दा अघि स्याउ टिप्न नपाईने निर्णय गरेको र उक्त निर्णय बिपरित ब्यपारिले समय नपुगिकन काचो स्याउ संकलन गरेकोले बरामद गरिएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । लुकिछिपी काचो स्याउ संकलन गर्ने जो कोहि ब्यापारिलाइ पालिकाले नछोड्ने उपाध्यक्ष रोकायाको भनाइ छ।
उता कृषि बिकास कार्यालय प्रमुख रामभक्त अधिकारिले डिप्याक्टो’ मिटर मार्फत स्याउमा गुलकोच (गुलियोपना)को मात्रा जाँच गर्दा काँचोनै भेटियको बताए ।
स्याउमा न्युनतम १२ देखि १५ प्रतिशत गुलियोपना भरिएपछि बजारमा टिप्न मिल्छ । तर बरामद गरिएको स्याउको गुलियोपना ९ प्रतिशत मात्रै भएको प्रमुख अधिकारिको भनाइ छ।
जुम्लामा जति कडाइ गरेपनि जुम्लाको काचो स्याउ लिकिछिपी जिल्ला बाहिर गैसको पाइन्छ।