प्रमुख जिल्ला अधिकारी मुकेश केशरीलाई जेष्ठ नागरीक संघ जुम्लाद्धारा सम्मान

डिल्ली अन्जान जुम्ला

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई जेष्ठ नागरिक संघले स्वागत तथा सम्मान गरेको छ।

सोमबार एक कार्यक्रमका वीच भखैरै मात्र जुम्लामा सरुवा भएर आएका  प्रजिअ केशरीलाई  संघले स्वागत तथा सम्मान गरेको हो ।संघका अध्यक्ष तिर्थराज भारतीले एक कार्यक्रमको आयोजना गरि प्रजिअ केशरी लाई सम्मान गरिएको बताए  ।

उक्त अवसरमा स्वागत मन्तव्य राख्दै संघका आजीवन सदस्य सर्पान्नद हमालले सरकारले जेष्ठ नागरिक लाई प्रदान गर्ने सेवा सुबिधा सहजै प्राप्त गर्न जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिदिने बिश्वास व्यक्त गरेका थिए ।साथै प्रमुख जिल्ला अधिकारी केशरीलाई

हमालले यातायाता,स्वास्थ्य सेवा लगायतका सेवाहरुमा जेष्ठ नागरीकहरुले सजिलै ढङगले प्रत्याभुति गर्न पाउने गरी प्रशासनले कडाईका साथ लिई दिन हुन अनुरोध समेत गरे ।

त्यस्तै प्रजिअ केशरीले जेष्ठ नागरीक भनेका विचार र अनुभबका धनि भएकाले सधै आफुले जेष्ठ नागरीकलाई सम्मान गर्ने बताए।

संबिधानले तोके बमोजिम सेवा सुविधा दिन सके मात्रै जेष्ठ नागरीकलाई प्रायाप्त हुने प्रजिअ केशरीको भनाई छ।उहाँले जेष्ठ नागरीकको हकहितको लागी सधै प्रतिबद्ध रहने बताए।